बिएल संवाददाता
सोमाली राष्ट्रिय सेनाले मङ्गलबार दक्षिणी सोमालियामा दुई पक्षबीचको भीषण भीडन्तपछि अल–शबाबका ३० जना लडाकुको मृत्यु भएको जनाएको छ।
सो भीडन्तमा अन्य थुप्रै घाइते भएका छन्। एसएनए इन्फन्ट्री कमाण्डर मोहम्मद तहलिल बिहीले सोमाली समाचार एजेन्सीलाई बताएअनुसार सरकार समर्थक मिलिसिया, माविस्लेले समर्थन गरेको सेनाले कारबाहीका क्रममा विद्रोहीहरूलाई लखेटेको थियो।
'आतङ्कवादीहरूले यस क्षेत्रमा संयुक्त सेनाको नियन्त्रणमा रहेका आधारहरूमा आक्रमण गर्ने प्रयास गरेको तर सेनाहरूले तुरुन्तै जवाफी कारबाही गरेको थियो। हाम्रा सेनाहरूले अझै उनीहरूलाई पछ्याइरहेका छन्,' बिहीले भनेका छन्।
यद्यपि उनले एसएनए वा स्थानीय मिलिसियाले भोगेका हताहतहरूको सङ्ख्या भने खुलाएनन्। यता अल–शबाब चरमपन्थी समूहले भने भिडन्तको क्रममा २० सैनिक मारेको र अन्य १० जनालाई घाइते बनाएको र दुईवटा गाडी जलाएको दाबी गरेको छ।
गत वर्ष राष्ट्रपति हसन शेख मोहम्मदले विद्रोहीविरुद्ध सर्वत्र युद्धको घोषणा गरेपछि सरकारी सेनाले अल–शबाबविरुद्धको आक्रमणलाई तीव्र बनाएको छ। राष्ट्रपतिले सोमालियामा अल–शबाब लडाकुहरूलाई उनीहरूको किल्लाबाट हटाउन सैन्य कारबाहीलाई तीव्र बनाइने वाचा गरेका छन्।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया