
पहिलोपोष्ट
जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा सोमवार हर्षोउल्लासका साथ चैती छठ मनाइदै छ। छठ पर्व अन्तर्गत आज सध्न्या अर्घ्य दिदैँ छ। आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वको तेस्रो दिन बर्तालुले आज बेलुकी कुण्ड, पोखरी, तालतलैया, तलाउमा उभिई दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष परिकारहरु अस्ताउन लागेको सूर्यलाई अर्घ्य दिई पूजापाठ गर्ने गरिन्छ।
सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने लोकविश्वासका साथ पारस्परिक आत्मीयता र सद्भावको प्रतीकको रूपमा छठ पर्व मनाइने गरिन्छ। यस पर्वमा हरेक भेदभावलाई छाडेर सबै वर्ग, समुदायको एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि पोखरी, कुण्ड, तालतलैयालगायतका जलासयमा उभिदैँ मनोकामना पूरा गर्ने गरिन्छन्। यस पर्वमा बाँसले बुनेका सामग्रीमा अर्घ्य दिई वंशवृद्धि, केरामा भगवान विष्णुको बास, ठकुवामा समृद्धि र मौसमी फल प्रकृतिप्रति कृतज्ञताको द्योतक भएको मान्यता पनि पाइन्छ। ऋग्वेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राख्दै पनि श्रद्धालुले यो पर्वमा पूजाअर्चना गरी मनोवाञ्छित फल प्राप्त हुने जनविश्वास रहेको छ।
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया