
बिएल संवाददाता
सत्ता साझेदारीबारे भागबन्डा मिलाउन गठबन्धन दलहरूको बैठक बस्दैछ।
आज दिउँसो ४ बजे बस्ने बैठकले मन्त्रालय बाँडफाँड र सरकारमा काे–काे जाने, कुन दललाई कुन मन्त्रालय दिने भन्नेबारे टुङ्गो लगाउने एकीकृत समाजवादीका एक पदाधिकारीले जनाएका छन्।
सरकारलाई विश्वासको मत दिएका सबै दललाई समेट्ने र गृह तथा अर्थ लगायतका महत्वपूर्ण मन्त्रालयमा कसरी भाग मिलाउने भन्ने सहमति नहुँदा मन्त्रिपरिषद् बिस्तारमा सकस छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता गठबन्धनकाे बैठक राखेर मन्त्रालय बाँडफाँडको अन्तिम प्रस्ताव गर्ने तयारी गरेका छन्। माओवादीले गृह मन्त्रालय आफूसँग राख्न चाहेको छ। स्रोतका अनुसार कांग्रेसले अर्थ मन्त्रालय लिने भएपछि माओवादीले गृहमन्त्रालय लिने सहमति भएको हो। तर एकीकृत समाजवादी सन्तुष्ट छैन।
बैठकमा दलहरूबीच मन्त्रालयको भागबन्डा मिले प्रधानमन्त्रीले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया