बहिनीको अश्लील भिडियो ब्वाइफ्रेन्डलाई पठाउँदा 'जिया'माथि बर्सियो साइबर टिपलाइनको डण्डा

फाइल तस्विर
फाइल तस्विर

काठमाडौँकी २३ वर्षीया जिया (नाम परिर्वतन)ले आफ्नै १३ वर्षीया बहिनीको अश्लील भिडियो बनाइन्।

काठमाडौँको एक शिक्षत परिवारमा जन्मेकी जियाको १३ वर्षीया बहिनी मात्र छन्। उनै बहिनीको अश्लील भिडियो बनाएर आफ्नो प्रेमीलाई इमेल गरिन्

'जिया'ले करिब एक वर्षदेखि आफ्नो बहिनीमाथि यौनजन्य हर्कत गर्दै आएकी थिइन्। आफ्नै घरकी दिदीले यौनजन्य हर्कत गरेका कारण बहिनीले बाबु आमालाई पनि उक्त कुरा गर्न सुनाउन सकिनन्। बरु दिदीको अकल्पनीय यौन हर्कत सहेर बसिन्।

जब जियाले बहिनीको नाङ्गो भिडियो आफ्नो प्रेमिलाई पठाइन् अनि मात्र उनको कालो कर्तुत बाहिरियो।

नेपाल प्रहरीको साइबर ब्यूरोले 'जिया'ले बहिनीमाथि गरेको कर्तुतका बारेमा अनुसन्धान थाल्यो। केही दिनको अनुसन्धानपछि ब्यूरोले स्थानीय प्रहरीलाई कारबाही गर्न बुझायो। जिया अहिले प्रहरी थुनामा छन्।

ooo

सुरक्षा फौजका एक सदस्यले बालिकाको अश्लील भिडियो डाउनलोड गरे, भिपीएनको प्रयोग गरेर। नेपालमा अश्लील साइटहरु बन्द गरिएको छ। अश्लील भिडियो डाउनलोड गरेर आफूले हेरे अनि अन्य साथीहरुलाई पनि हेर्न लगाए। उनीहरुले नाङ्गो भिडियो हेरेको कुनै सूत्रबाट नेपाल प्रहरीको साइबर ब्यूरोलाई जानकारी भयो।  अहिले ब्यूरोले ती सुरक्षाकर्मीलाई पक्राउ गरेर कारबाही गरेको छ।

ooo

काठमाण्डौंकै एक इन्जिनियरकी श्रीमतीले एक नाबालिकाको अश्लील भिडियो आफ्नै साथीलाई देखाइन्। आफ्ना युवती साथी मात्र नभएर उनले युवा साथीलाई पनि उक्त भिडियो शेयर गरिन्। त्यसको केही दिनपछि उनी पनि ब्युरोको फन्दामा परेकी छिन।

ooo

काठमाडौंमा नाम चलेका एक व्यक्तिले बालिकाको नाङ्गो भिडियोलाई आफ्ना मिल्ने साथीलाई हेर्न भनेर पठाए। उनले पठाएको भिडियो साथीहरुले हेरे पनि। त्यसको केही दिनपछि प्रहरीले उनको खोजी गर्‍याे। अन्नतः उनी पनि पक्राउ परेका छन। उनलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरी कारबाही गरेको थियो।

माथि उल्लेख गरिएका चार वटा घटना केही प्रतिनिधिमुलक मात्र हुन्। पछिल्लो पाँच वर्षमा ब्यूरोमा यस्तै प्रकृतिका ३६ उजुरी दर्ता भएका छन्। ब्यूरोको सक्रियताका कारण यस्ता घटनामा संलग्न जो कोही पनि कारबाहीमा पर्ने गरेका छन्।

आफ्नै बहिनीको अश्लील भिडियो बनाउने दिदीदेखि बालकको नाङ्गो भिडियो हेर्ने इन्जिनियरकी श्रीमती पक्राउ परिरहेका छन। बालबालिकको दुरुपयोग गर्ने व्यक्तिहरुलाई कानुनी दायरमा ल्याउन भने नेश्नल सेन्टर फर मिसिङ एण्ड एक्सप्ल्वाइटेड चिल्डेन (एनसीएमइसी)ले महत्वपूर्ण भूमिका खेलेको छ। अमेरिकामा रहेको सो संस्थाकै पहलमा इन्टरनेटको दुरुपयोगमा परेकाहरुको बारेमा नेपाल प्रहरीलाई जानकारी प्राप्त भएको हो।

प्रहरीले बताएअनुसार एनसीएमइसीले नेपालमा मात्र नभएर संसारभरका बालबालिकामाथि हुने यौनजन्य क्रियाकलापका गतिविधीलाई निगरानीमा राख्छ। यदि कसैले इन्टरनेटका माध्यामबाट बालबालिकाहरुमाथि यौन शोषण गर्ने कार्य गरेमा सम्बन्धित देशका साइबर प्रहरीलाई त्यससम्बन्धी सम्पूर्ण जानकारी उपलब्ध गराएर दोषीमाथि कारबाहीको लागि आग्रह गर्छ। एनसीएमइसीकै सहयोगमा नेपाल प्रहरीको साइबर ब्यूरोले नेपालमा सन २०२० को सेप्टेम्बर यता २५ उजुरीको छानबिन गरेर कारबाही गरेको छ।

बालबालिकामाथि हुने यौनजन्य घटना बढ्न थालेपछि ब्यूराले सन् २०२० मा अमेरिकामा रहेको नेश्नल सेन्टर फर मिसिङ एण्ड एक्सप्लवाइटेड चिल्डेन संग सहकार्यको लागि सहकार्य गर्न थालेको थियो। ब्यूरोको पहलपछि एनसीएमइसीले नेपाल प्रहरीको साइबर ब्यूरोलाई पनि सहयोगी संस्थाको रुपमा समावेश गरेको छ। ब्यूराले अहिले एनसीएमइसीइन्टरपोलको सहयोगमा बालबालिकामाथि हुने गरेका यौनजन्य घटनाहरुको अनुसन्धान गर्दै आएको छ।

१६ वर्ष मुनिका बालबालीकाहरुलाई यौनजन्य कार्यमा लगाउनु गम्भीर अपराध हो, यस्ता गविधिमा संलग्न कुनै पनि व्यक्तिले कानुनी छुटकारा पाउँदैन, नेपाल प्रहरीको साइबर ब्यूरोका प्रमुख एसएसपी नविन्द्र अर्यालले भने,‘यस्तो गतिविधि गर्नेहरु संसारको जुनसुकै कुनामा लुकेपनि छुटकारा पाउदैनन्।’

‘हामीले सन २०२० यता एनसीएमइसीको सहयोगमा २५ वटा घटनाको अनुसन्धान गरेका छौं, मान्छेहरुलाई इन्टरनेटमा पठाएको सामाग्री मेटायौँ। दुरुपयोग गर्नेलाई अब थाहा हुँदैन भन्ने लाग्छ, त्यो कहिल्यै हुँदैन, इमेलमा पठाएको सामाग्री जहिल्यै सुरक्षित हुन्छ,’ उनले थपे।

अनलाइनबाट बालबालिकामाथि हुने दुर्व्यहार तथा यौनजन्य गतिविधिलाई नियन्त्रण गर्न ब्यूरोको गम्भीर रहेको समेत एसएसपी अर्यालले बताए। उनले त्यसैका लागि एनसीएमइसीइन्टरपोलको डाटाबेससँग मिलेर काम गरिरहेको पनि बताए। उनकाअनुसार एनसीएमइसीले संसारभरका बालबालिकामाथि हुने यस्ता क्रियाकलापको अनुगमन गर्ने गरेको छ। कुनै पनि व्यक्तिले १६ वर्षमुनिका बालबालिकालाई प्रयोग गरी बनाएका सामाग्री अपलोड गर्नसाथ एनसीएमइसीले जानकारी हासिल गर्छ। अनि सम्बन्धित देशको प्रहरीलाई विवरण उपलब्ध गराउँछ।

सावधान साइबर टिपलाइनमा फसिएला

नेपालमा पछिल्लो समयमा टिकटकदेखि विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको संख्या दिन दुईगुना रात चौगुना बढ्न थालेका छन्।

मानिसहरुले मनोरञ्जनका रुपमा बनाएका केही सामाग्री आफैंलाई प्रहरी थुनादेखि मृत्युको बाटोसम्म पुर्‍याएका कैयन उदाहरण छन। त्यसैगरी, ठट्टा गर्दै बालबालिकालाई जिस्काउँदै भिडियो बनाउने र त्यही भिडियोलाई सामाजिक सञ्जालमा भाइरल बनाउनेहरु पनि उत्तिकै बढ्न थालेका छन।

त्यति मात्र होइन, बालबालिकालाई प्रयोग गरी विभिन्न यौनजन्य भिडियो तथा सामाग्रीहरु बनाउनेहरुको पनि कमी छैन। त्यसरी भिडियो बनाउने बाहेक इन्टरनेटमा भेटिएका अश्लील भिडियो डाउनलोड गरी साथीहरुमाझ पुर्‍याउनेलाई पनि प्रहरीले निगरानीमा राख्न थोलेको छ।

त्यसैले यस्ता गतिविधिमा संलग्न जोसुकै साइबर अपराध अथवा साइबर टिपलाइनमा पर्न सक्ने खतरा छ।


यी भाइ जसले 'नाङ्गो' फोटो देखाएर दिदीलाई लुटिरहे


लहलहैमा लागेर बालबालिकालाई जिस्काउँदै भिडियो बनाउने र ती अश्लील भिडियो खोजी–खोजी साथी–भाइलाई पठाउने र त्यसैमा रमाउनेहरुले विचार गर्नुपर्ने बेला आएको छ।

भिडियो बनाएर एक पटक इन्टरनेटमा हालेपछि त्यो सामाग्री इन्टरनेट अभिलेखालयमा सुरक्षित हुन्छ। अपलोड गर्ने मानिसहरु भने हटिसक्यो भन्ने सोचेर ढुक्क भएर बस्छन।

‘कुनै खातामा पठाएको भडियो कन्टेन्टइन्टरनेट अभिलेखालयमा गएर सेभ भएको हुन्छ, डिलिट हुने त चलाएको डिभाइसमा मात्र हो,’ ब्यूरोका प्रहरी निरीक्षक राजकुमार खड्कीले भने, ‘यो समस्याले धेरैलाई अफ्ठ्यो बाटोमा पुर्‍याउने पक्का छ।’

इन्टरनेटको प्रयोग गरेर बालबालिकाको यौन दुरुपयोग गर्नेलाई (साइबर टिपलाइन) विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार एक लाखसम्म जरिवाना र ५ वर्षसम्म कैद हुन सक्ने कानुनी प्रवाधन छ।

यस्ताे छ कानुनी कारबाहीकाे व्यहाेरा:

प्रकाशित मिति: : 2023-04-28 19:35:00

प्रतिकृया दिनुहोस्