बिएल संवाददाता
रुसको कजानमा आगामी वर्ष हुने ‘फिजिटल स्पोर्ट्स टुर्नामेन्ट–२०२४’ का लागि यसै वर्षको जुनमा छनोट प्रतियोगिता हुने भएको छ।
फिजिटल स्पोर्ट्स प्रतियोगिता–२०२४ अन्तर्गत नेपालको सर्वाधिक टिमको सहभागिताको अपेक्षा भएको रसियन एम्बेस्सीले बताएको छ।
प्रतियोगितामा शारीरिक र डिजिटल दुबै किसिमको आयोजना हुनेछ। जसमा ५० प्रतिशत शारीरिक गतिविधि र ५० प्रतिशत डिजिटल हुनेछ।
प्रतियोगितामा फुटबल, बास्केटबल र हक्की जस्ता परम्परागत खेलहरू हुनेछन्। नेपालबाट यो खेलहरुमा सहभागी जनाउन पाउनेछ। त्यस्तै पबजी, फ्री फायर, डोटा २ र लिग अफ लेजेन्ड्स जस्ता ई–स्पोर्ट्स गेमहरू प्रस्तुत गरिनेछ।
प्रतियोगिताअन्तर्गत फुटबल, बास्केटबल, हक्की र दौड प्रतिस्पर्धामा प्रत्येक खेलमा पुरस्कार राशी १० लाख डलर समावेश छ।
यस्तै, डोटा दुई र लिग अफ लिजेन्ड्स जस्ता ई–स्पोट्र्स खेलहरूमा प्रत्येक खेलमा ३० लाख डलरको पुरस्कार राशी छ।
ट्याक्टिकल ब्याटल ५५ सीएसजीओ, ट्याक्टिकल ब्याटल ५५ भ्यालोरन्ट र ड्रोन बीट सेबरको पुरस्कार क्रमशः ३० लाख, २० लाख र पाँच लाख डलर छ।
फिजिटल स्पोर्ट्स प्रतियोगिता–२०२४ मा छनोट हुने खेलाडीको पनि सम्पूर्ण खर्च आयोजकले नै व्यहोर्ने छ।
प्रतियोगिताका लागि जुनमा हुने छनोटमा सहभागी खेलाडीमध्ये योग्य खेलाडीहरूलाई छनोट गरिने प्रतियोगिताको लागि नेपालको संयोजन गरिरहेका अबिन कार्कीले बताए।
कार्कीका अनुसार छनोट प्रतियोगितामा सहभागी हुनका लागि ‘फिजिटल गेम अफ फ्युचर’ को वेबसाइटमार्फत आवेदन दिन सकिने र छनोट प्रतियोगितामा खर्च आयोजकले नै व्यहोर्नेछ। रुसमै हुने छनोटका लागि मेको अन्तिमसम्म आवेदन दिन सकिने कार्कीले बताए।
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया