नेपाल युएईलाई हराउँदै एसिया कपमा छनाेट, भारत र पाकिस्तानसँग खेल्न अवसर जुर्यो

काठमाडौँमा जारी रहेको एसियन क्रिकेट काउन्सिल (एसिसि) कपको उपाधि नेपालले जितेको छ। 

मगंलबार त्रिवि क्रिकेटद मैदानमा युएईमाथि ७ विकेटले विजय हुँदै उपाधि हात पारेको हो।  सोमबार टस हारेर ब्याटिगको निम्तो पाएको युएईले निर्धारित ३३.१ओभरमा अलआउट भएर ११७ रन बनाएको थियो। युएईका लागि लागि मोहमद वासीम ८ बलमा ११ रन जोडेर आउट भएका थिए। त्यस्तै, युएईका लागि भृत्य ९ बलमा ८ रन बनाएर आउट भए भने आर्यन लाक्रा २८ बल खेल्दै १३ रन बनाएर आउट भए।

त्यस्तै युएईका लागि रमिज शेहजाद ५ बलमा १ रन बनाएर आउट भए भने रोहन मुस्ताफा १५ बल खेल्दा २ रन बनाएर आउट हुन पुगे। 

त्यस्तै, युएइका रोहन मुस्ताफाले दुई विकेट लिए भने, आयान खानले उक विकेट लिएका थिए। एसीसी प्रिमियर कपको उपाधि जितेसँगै नेपालले आगामी सेम्प्टेम्बरमा पाकिस्तानमा हुने एसीसी प्रिमियर कप खेल्न मौका जुरेको छ। 

त्यस्तै, यता नेपालका लागि गुलशन झाले सर्वाधिक  रन बनाए भने, भीम सार्कील  रन बनाए। नेपालका ओपनर कुशल  ओपनर कुशल भुर्तेल एक रन बनाएर  आउट हुँदा, असिफ शेख ८ रन बनाएर आउट हुन पुगे। त्यस्तै, कप्तान रोहित पनि एक रन बनाएर आउट भए। 

नेपालका लागि ललित राजवंशीले सर्वाधिक ४ विकेट लिदाँ सन्दीप लामिछाने र करण केसीले समान दुई दुई विकेट लिए। यता, सोमपाल कामी र गुलशन झाले एक एक विकेट लिएर नेपालाई सफलता दिलाए। 

प्रकाशित मिति: : 2023-05-02 11:50:00

प्रतिकृया दिनुहोस्