काठमाडौँ प्रहरी प्रमुख कार्की भन्छन्– टोपबहादुर सम्पर्कमा छैनन्, खोजी कार्य जारी छ (भिडियाे)

काठमाडौँ प्रहरी परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीले ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएका एमाले सचिव टोपबहादुर रायमाझी सम्पर्कमा नरहेको बताएका छन्। बिहीबार दिउँसाे बिएल नेपाली सेवासँग बोल्दै एसएसपी कार्कीले टोपबहादुरलाई नियन्त्रणमा लिइनसकेको पुष्टि गरे।

‘उहाँ (टोपबहार) पक्राउ परेको भन्ने गलत हो, हामीले अहिलेसम्म सम्पर्कमा ल्याउन सकेका छैनौँ,’ एसएसपी कार्कीले भने।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग साँठगाँठ रहेको आरोपमा जिल्ला अदालत काठमाडौँ हिजो (बुधबार) रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउ पुर्जी जारी भएको एकदिन बित्दासमेत प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन।

पक्राउ पुर्जी जारी हुँदा गृह जिल्ला अर्घाखाँचीमा रहेका रायमाझी काठमडौँ आउने क्रममा भैरहवाबाट सम्पर्कविहीन भएको प्रहरीको भनाइ छ।

भिडियाे:

प्रकाशित मिति: : 2023-05-04 20:20:00

प्रतिकृया दिनुहोस्