नक्कली शरणार्थी प्रकरणमा तानिँदै ‘हाई प्रोफाइल’हरू

अनुसन्धानमा तानिँदै पूर्वगृहमन्त्री खाँण र अख्तियार प्रमुख राई, फरार छन् रायमाझी

जीवन डाँगी

काठमाडाैँ
BreaknLinks
BreaknLinks

सत्ता र पहुँचको आडमा सिंहदरबारभित्र ‘ठग’हरूलाई साथ दिँदै आएका शक्तिशाली तीन ‘हाई प्रोफाइल’हरू नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका छन्। ‘नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने’ भन्दै करोडौँ असुलीसँगै परिचयपत्र बनाइदिने गिरोहका नाइकेहरूले ‘हाई प्रोफाइल कनेक्सन’ बारे नयाँ–नयाँ खुलासा गरेको प्रहरी अधिकारीहरूले जनाएका छन्।

‘ठग सञ्जाल’का योजनाकार कांग्रेस नेत्री सुजाता कोइलाराका पूर्वस्वकीय सचिव केशव दुलाल ‘बलियो प्रमाणका आधार’मा प्रहरी हिरासतमा छन्। ‘दलाल दुलाल’सहित सानु भण्डारी, सन्देश शर्मा, सागर थुलुङ राई र टंक गुरुङ पनि हिरासतमै छन्। उनीहरूले राज्य–प्रशासनकाे नेतृत्व सम्हाल्दै आएका उच्च अधिकारीहरूकाे बदमासी प्रष्टसँग देखाएका छन्।

त्यस्तै, प्रहरीकाे हिरासतमा नेपाल सरकारका बहालवाला सचिव टेकनारायण पाण्डेसमेत छन्। उनी कांग्रेस सभापति शेरबहादुर देउवाका दाइने हात मानिने प्रभावशाली नेता बालकृष्ण खाँण गृहमन्त्री हुँदा उनकै जोडबलमा गृह–प्रशासनमा भित्रिएका पात्र हुन्।

भुटानी शरणार्थी प्रकरण खोतल्दै जाँदा बरामद प्रमाणका आधारमा नेकपा (एमाले)का उपाध्यक्ष तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजीत राई र एमालेकै सचिव तत्कालीन उर्जामन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीसमेत प्रहरी हिरासतमा छन्।

नेपाली नागरिकबाट पैसा संकलन गर्ने ठगी गिरोहसँग उठबस गर्दै आएका पूर्वमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री थापाका छोरा प्रतीक थापा प्रहरीको फरार सूचीमा छन्। प्रहरी प्रशासन र एमाले नेताहरूको सम्पर्कमै रहेका उनी एकाएक बिहीबार दिउँसोदेखि सम्पर्कविहीन भएको सुरक्षा अधिकारी बताउँछन्।

प्रहरी थुनामा रहेका राई, दुलाल, भण्डारी र पाण्डेको बयानका आधारमा थप ‘हाई प्रोफाइल’हरू ठगी प्रकरणमा मुछिएका छन्। पूर्वगृहमन्त्री बालकृष्ण खाँण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त प्रेमकुमार राईसमेत प्रहरी अनुसन्धानमा तानिँदै छन्।

थुनामा रहेका अभियुक्तहरूले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सत्ता गठबन्धनले पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई पक्राउ पूर्जी जारी गरेपनि पूर्वगृहमन्त्री खाँण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त राईलाई बचाउन खोजेको आरोप लगाएका छन्। प्रहरी स्रोतकाअनुसार ‘नक्कली भुटानी शरणार्थी प्रकरण’मा खाँण र राई थप अनुसन्धानका लागि योग्य छन्।

बयानका क्रममा अभियुक्त केशव दुलाल र सन्देश शर्माले आफूले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजनामा पूर्वगृहमन्त्री खाँण र तत्कालीन गृह सचिव प्रेमकुमार राईसमेत संलग्न भएको बयान दिएपछि उनीहरू दुबैजना प्रहरीको निगरानीमा छन्।

दुलालले खाँणकी श्रीमती मञ्जु खाँणलाई पाँच करोडौँ रुपैयाँ बुझाएको बयान दिएको प्रहरी स्रोतले बताएको छ। दुलालको बयानलगत्तै खाँणले प्रहरी अधिकारीलाई घरमा बोलाएर आफूले लिएको पैसा फिर्ता गर्न तयार रहेको तर यो प्रकरणमा नमुछिदिन आग्रह गरेका थिए।

तर, अभियुक्तले निरन्तर नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाँण र त्यसअघिका गृह सचिव राईको पनि संलग्नता रहेको बताएपछि प्रहरीले प्रक्रिया पुर्‍याएर पक्राउ गर्ने तयारी गरिरहेको छ। खाँण गृहमन्त्री भएको बेला गृह मन्त्रालयमा भुटानी शरणार्थीको नाममा रकम उठाउने एजेण्ट गजेन्द्र बुढाथोकीले तत्कालीन मन्त्री खाँण, राई र पाण्डेलाई मन्त्रालयमै भेटेको पक्राउ परेकाहरूले बयान दिएका छन्।

उनीहरूले नेपाली कांग्रेस दाङका नेता वुद्धिराम भण्डारीलाई लिएर पटकपटक खाँणलाई गृह मन्त्रालयमा भेटेका थिए। खाँणले यसअघि पक्राउ परेका दुलाल र सानु भण्डारीलाई छोड्न दबाब दिएका थिए। उनले अभियुक्त सन्देश शर्मालाई उतिबेला काठमाडौँमै संरक्षण दिएको प्रहरी स्रोतको दाबी छ।

त्यस्तै, अभियुक्तहरूले महत्वपूर्व संवैधानिक आयोगको नेतृत्वकर्ता प्रेमकुमार राईको समेत नाम लिएका छन्। तत्कालीन गृहमन्त्री थापाका छोरा प्रतीक थापा र पूर्वमन्त्री रायमाझीका छोरा सन्दीप रायमाझीले सम्पर्क सूत्रका रुपमा ‘ठगी प्रकरण’का नाइकेहरूलाई मन्त्रालयमै राईसँग भेट गराएकाे दाबी गरेका छन्।

‘भ्रष्टाचार नियन्त्रणको लागि स्थापित संवैधानिक संस्थामा भ्रष्ट र ठगहरूकै ढलीमली रहेछ। हाम्रो अनुसन्धानमा तानिएका केही व्यक्तिहरूले बयानका क्रममा प्रेमकुमार राईको नाम पोलेका छन्,’ अनुसन्धानमा खटिएका एक अधिकारीले भने। उनी २०७४ चैत २७ देखि २०७६ माघ २० सम्म गृहसचिव थिए।

ठगी गिरोहले चितवन, दाङ र कास्कीसहितका जिल्लाका नागरिकबाट पैसा असुल गरेको आरोप लगाउँदै प्रहरी परिसरमा अहिलेसम्म १ सय ६ जनाले २० वटा उजुरी दिएका छन्। उनीहरूले कूल रु २३ करोड २५ लाख ठगी भएको उजुरी दिएका छन्। गिरोहले २०७७ देखि नक्कली शरणार्थी बनाइ ठगी अभियान चलाएको खुलेको छ। यस सम्बन्धमा पहिलो पटक गत जेठमा अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको थियो।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला २०७६ असार २९ गते सरकारले पूर्व सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा भुटानी शरणार्थीको समस्या समाधानका लागि कार्यदल गठन गरेको थियो। त्यसयताका गृहमन्त्री वा गृह सचिवहरू कुनै न कुनै रुपमा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका छन्।



सिंहदरबारमा भ्रष्ट, ठग र दलालहरूको रजगज

शक्तिको आडमा सिंहदरबारभित्र के–कस्ता कुकर्म भइरहेका छन्? यसको एउटै प्रमाण हो– नक्कली भुटानी शरणार्थी प्रकरण। कहिलेकाहीँ सुन्छौँ– दलालहरूले देश बिगारे, राज्यसत्ता भ्रष्ट भयो। जताततै ठगहरूको बिगबिगी छ। नहोस् पनि कसरी– पूर्वगृहमन्त्री, पूर्वमन्त्री र बहालवाला सचिव नै बिचौलिया प्रयोग गरेर ‘भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने’ भन्दै सयौँ नेपालीबाट प्रतिव्यक्ति लाखौँ कुम्ल्याउँछन्।

देशका प्रधानमन्त्री, मन्त्री, मन्त्रीका भाइछोरा–सालासाली, सचिवालयका बिचौलिया र मन्त्रालयका सचिवहरूले सिंहदरबारभित्र बेग्लै ‘लुट साम्राज्य’ चलाइरहेका छन्। उनीहरू आफूलाई कानुनभन्दा निकै परको बलवान व्यक्ति ठान्छन्। जनतन्त्रको नाममा राज्यसत्ताको चाबी बोकेर दलाल र ठगसँग साँठगाँठ गरिआएका सांसद–मन्त्रीहरू भ्रष्टलाइनको शीर्ष पंक्तिमै पूरा स्टाेरी...

प्रकाशित मिति: : 2023-05-06 21:12:00

प्रतिकृया दिनुहोस्