 
                                            
                                        
                                     
                                ध्रुब बस्याल
 
                                नक्कली भुटानी शरणार्थी प्रकरण संलग्न रहेको आरोपमा पक्राउ परेका नेपाली काँग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँणले आफ्नो संलग्नता नरहेको प्रतिक्रिया दिएका छन्।
आइतबार काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालय म्याद थपका लागि ल्याइएका खाँणले पत्रकारसँग यस्तो बताएका हुन्।
उनलाई सरकारी वकिलको कार्यालयमा म्याद थपको लागि ल्याइएको क्रममा पत्रकारले केही भन्नुछ भन्दै प्रश्न गरेका थिए। प्रश्नको जवाफ दिँदै उनले भने, ‘मेरो संलग्नता छैन।’
उनले गृहमन्त्री हुँदा नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग मिलेर काम गरेको आरोप छ। सोही आरोप लागेका उनलाई प्रहरीले गत बुधबार काठमाडौँबाट पक्राउ गरेको थियो।
प्रहरीले अहिले उनलाई काठमाडौँ प्रहरी परिसर टेकुमा राखेर अनुसन्धान गरिएको छ। आज उनलाई अनुसन्धानको लागि दोस्रो पटक म्याद थपको लागि सरकारी वकिलको कार्यालय बबरमहल ल्याइएको हो।
भिडियाे :
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया