आइतबार, २६ अक्टोबर २०२५

२७औँ पटक सगरमाथा चढेर पासाङदावाले बराबरी गरे कामीरिताको कीर्तिमानी

News Image
photo : Imagine nepal/facebook
• • •

पासाङदावा शेर्पाले २७औँ पटक सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमानी कामीरिता शेर्पाको रेडर्क बराबरी गरेका छन्।

पासाङदावाले सोमबार बिहान ८ बजेर ३० मिनेटमा सगरमाथाको आरोहण गरेको इमाजिन नेपालका निर्देशक मिङ्मा ग्याल्जेन शेर्पाले जानकारी दिए।

उनको यो सिजनको दोस्रो आरोहण हाे। यसअघि उनले वैशाख ३१ गते यो सिजनको पहिलो आरोहण गरेका थिए।

पासाङदावाले आजै कामीरिता शेर्पाको २७औँ सगरमाथा आरोहणको विश्व कीर्तिमानी बराबर गरे। कामीरिताले जेठ ३ गते मात्रै यो कीर्तिमानी बनाएका थिए।

यता कामीरिता पनि आइतबार साँझ नै सगरमाथाको अर्काे आरोहण सुरु गरेका छन्। यदि उनको यो आरोहण सफल भए पनि पुन: अर्काे विश्व कीर्तिमान बन्नेछ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!