रविन पुन मगर (आइडु)
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले हरि बुढा मगरको साथमा सरकार रहेको बताएका छन्।
शुक्रबार सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणपछि काठमाडौं फर्किएका बुढा मगरलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्दै मन्त्री किरातीले यस्तो बताएका हुन्।
किरातीले दुबै खुट्टा नभएर पनि सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकोमा उनलाई बधाई दिए भने बुढाका आमाबुवालाई धन्यवाद ज्ञापन गरे। मन्त्री किरातीले अन्यलाई पनि सगरमाथा चढ्न आउन आग्रह गरे।
अहिले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका बुढालाई विमानस्थलमा भव्य स्वागत भइरहेको छ। अफगानिस्तानको युद्धको क्रममा तालिबानको एम्बुसमा परेर दुबै खुट्टा गुमाएका पूर्व गोर्खा सैनिक बुढा मगरले शुक्रबार दिउँसो ३ बजे सगरमाथाको चुचुरोमा पाइला टेकेका थिए।
सगरमाथाको आरोहण सफलतापूर्वक गरेपछि बुढा मगरको चर्चा चुलिएको छ। सन १९७९ मा रोल्पाको मिरुल गाउँमा जन्मिएका उनी १९ वर्षको उमेरमा ब्रिटिस सेनामा भर्ती भएका थिए।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया