बिएल संवाददाता
सहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्र फुटबल क्लबले सातोबाटो युथ क्लबमाथि सहज जित निकालेकाे छ।
बुधबार एन्फा कम्प्लेक्समा भएको खेलमा सातोबाटो मछिन्द्रसँग ३-१ ले पराजय भयो। मछिन्द्रको जितका लागि आफिज ओलावालेले ह्याट्रिक गरे। खेलको १७औँ मिनेटमा ओलावालेले गोल गरेर मछिन्द्रलाई अग्रता दिलाए। त्यस्तै, पहिलो हाफको इन्जुरी समयमा ओलावाले व्यक्तिगत दोस्रो गोल गर्दै खेलाई २-० बनाए।
खेलको ५६औँ मिनेटमा ओलावालेले ह्याट्रिक गरे उनले मछिन्द्रलाई ३-० को अग्रता दिलाए। यता, खेलको ८४औँ मिनेटमा सातोबाटोको लागि जोर्डन पुन मगरले गोल गरे।
यस जितसँगै मछिन्द्रले २३ खेलमा ३९ अंक जोडेर खेल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने सातोबाटो २३ खेलमा २९ अंक जोडेर तालिकाको छैटौँ स्थानमा छ।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया