बिएल संवाददाता
चलचित्रमार्फत तथ्य सहजै बुझाउन सकिने भएकाले यसलाई आमसञ्चारको प्रभावकारी माध्यमका रुपमा लिइन्छ।
एक बच्चामा देखिएको अस्वभाविक सजग मानसिक स्थिति (अटिजम) को समस्या र कसैसँगको व्यक्तिगत सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको सङ्घर्षपूर्ण कथामा चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’ निर्माण भएको छ।
निर्माण पक्षले हालै चलचित्रको पोस्टर सार्वजनिक गर्दै विषयबारे जानकारी गराएका छन्। चलचित्रकी निर्देशक अनिता पण्डितले चलचित्रमार्फत अटिजमबारे बुझाउन खोजिएको जानकारी दिए। ‘कहिल्यै ठीक नहुने भन्ने सोचको विरुद्ध हामीले चलचित्रमा कथा उठान गरेका छौँ। अटिजम एक अवस्था मात्र हो र यो अवस्थामा रहेका बच्चालाई आफैँले सामान्य अवस्थामा ल्याउन सकिन्छ भन्ने तथ्यलाई देखाएका छौँ’, निर्देशक पण्डितले भने।
चलचित्रमा सुरविना कार्की, निशान चौहान, कैलाश रावल र रोशनी कार्कीको पनि प्रमूख अभिनय रहेको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया