बिएल संवाददाता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रीमती सीता दाहालको स्वास्थ्य लाभको कामना गर्दै रुद्राक्ष नचढाएको बताएका छन्। चार दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका प्रचण्डले शनिबार साँझ त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै रुद्राक्ष चढाउनुको कारण श्रीमती सीताको स्वास्थ्य लाभका लागि नभएको स्पष्ट पारे।
भारतको मध्य प्रदेशको भ्रमणमा क्रममा प्रचण्डले उज्जैनस्थित महांकालेश्वर मन्दिरमा शुक्रबार विशेष पूजा गर्दे १०८ किलोग्राम रुद्राक्ष र ५१ हजार रुपैयाँ चढाएका थिए। प्रचण्डले केही मिडियामा महांकालेश्वर मन्दिरमा श्रीमतीको स्वास्थ्यलाभको कामनासहित विशेष पूजा गरेको भन्ने समाचारको खण्डन गर्दै सीताको स्वास्थ्य लाभ नगरेको बताए।
उनले धर्म निरपेक्षवादी रहेको पनि बताए। प्रचण्डले सबै धर्मलाई समान व्यवहार गर्ने भन्दै अन्य धर्मवालम्बीहरुमाझ पुगेको जस्तै गरेर महांकालेश्वर मन्दिरमा रुद्राक्ष चढाएको बताए।
उनले आफ्नो श्रीमती सीताको स्वास्थ्य उपचार गरेर पनि निको नहुने भन्ने कुरा सबैलाई अवगत रहेको स्मरण गराए।
भिडियाे :
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया