बिएल संवाददाता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रीमती सीता दाहालको स्वास्थ्य लाभको कामना गर्दै रुद्राक्ष नचढाएको बताएका छन्। चार दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका प्रचण्डले शनिबार साँझ त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै रुद्राक्ष चढाउनुको कारण श्रीमती सीताको स्वास्थ्य लाभका लागि नभएको स्पष्ट पारे।
भारतको मध्य प्रदेशको भ्रमणमा क्रममा प्रचण्डले उज्जैनस्थित महांकालेश्वर मन्दिरमा शुक्रबार विशेष पूजा गर्दे १०८ किलोग्राम रुद्राक्ष र ५१ हजार रुपैयाँ चढाएका थिए। प्रचण्डले केही मिडियामा महांकालेश्वर मन्दिरमा श्रीमतीको स्वास्थ्यलाभको कामनासहित विशेष पूजा गरेको भन्ने समाचारको खण्डन गर्दै सीताको स्वास्थ्य लाभ नगरेको बताए।
उनले धर्म निरपेक्षवादी रहेको पनि बताए। प्रचण्डले सबै धर्मलाई समान व्यवहार गर्ने भन्दै अन्य धर्मवालम्बीहरुमाझ पुगेको जस्तै गरेर महांकालेश्वर मन्दिरमा रुद्राक्ष चढाएको बताए।
उनले आफ्नो श्रीमती सीताको स्वास्थ्य उपचार गरेर पनि निको नहुने भन्ने कुरा सबैलाई अवगत रहेको स्मरण गराए।
भिडियाे :
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया