बिएल संवाददाता
प्रतिनिधिसभा सदस्य ईश्वरी जीएमले विश्व कीर्तिमानी सगरमाथा आरोही हरि बुढामगरको जीवनी पाठ्यपुस्तकमा समावेश गर्न माग गरेकी छिन्।
बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै जीएमले बुढामगरलाई उच्च तहको विभूषण प्रदान गर्नुका साथै पाठ्यपुस्तकमा जीवनी राख्न माग गरेकी हुन्।
उनले भनिन्,‘शारीरिक रूपमा अशक्त हुँदा पनि ज्यानको प्रवाहसमेत नगरी नेपालको गरिमालाई उचो बनाउने तथा नेपाललाई विश्वभर चिनाउने हरि बुढामगरलाई नेपाल सरकारले बर्षेनि वितरण गर्ने कुनै उच्च तहको विभूषण प्रदान गरिनुका साथै माध्यमिक तहमा सामाजिक विषयकाे पाठ्यक्रममा उहाँको जीवनी समावेश गरिदिन म सभामुखमार्फत् नेपाल सरकारसँग जोडदार माग गर्दछु।’
गएको जेठ ५ गते बुढामगरले दुबै खुट्टा घुँडा माथिबाट नहुँदा पनि सगरमाथाको सफल आरोहण गरी विश्वर्कीतिमानी बनाएका थिए। उनी रोल्पा थबाङ–३ मिरुल निवासी हुन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया