कुसुम गौतम
कत्ति समस्याहरूका खात सजाएर
के बाँच्नू! जीवन खाली घात सजाएर।
एक क्षण हो परिआउने सबै कुरा
बरु प्रतीक्षा गर्छु प्रभात सजाएर।
हजारौँ भेटेँ सडकमा भौँतारिएका
सस्तोमा बेच्छन् जवानी, रात सजाएर।
के! दुखमा मात्र झर्ने हुन् यी आँसुधारा?
छल्किन्छन् भाव पनि सौगात सजाएर।
खडेरी परेको छ सपना रोप्ने खेती
म रुझेकी छु प्रिय! बर्सात सजाएर।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया