अर्घाखाँचीका सुन्तला किसानको पीडा संसदमा उठ्यो

एमाले सांसद बिजुला रायमाझीले अर्घाखाँचीका सुन्तला किसानहरुको पीडा संदनमा उठाएकी छन्।

रायमाझीले बिहीबारको प्रतिनिधिसभा बैठकका बोल्दै अर्घाखाँचीमा सुन्तला तथा कागती प्रशस्त उत्पादन भएपनि भण्डारण र बजारीकरणकाे समस्या भएको बताएकी हुन्।

‘कृषि क्षेत्रको प्रचुर सम्भावना भएको जिल्ला अर्घाखाँचीको पाणिनी गाउँपालिकामा प्रशस्त सुन्तला, मौसम, कागती मौसम उत्पादन हुन्छ। मौसममा त्यो क्षेत्र भ्रमण गर्न लायक हुन्छ। तर, भण्डारण र बजारको अभावमा कृषक पीडित छन्, पलायन हुँदैछन्,’ उनले भनिन्।

नेपाल कृषिप्रधान देश भएपनि बजेटमा कृषिलाई प्राथमिकतामा नराखिएको उनकाे भनाइ छ।

प्रकाशित मिति: : 2023-06-15 11:53:00

प्रतिकृया दिनुहोस्