ध्रुब बस्याल
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की सर्वाेच्च अदालतको प्रधानन्यायाधीशमा अनुमोदित भएका छन्। सिंहदरबारमा शुक्रबार बिहान बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा कार्कीकाे नाम अनुमाेदन गरेकाे हाे।
‘श्री हरिकृष्ण कार्कीका नाम संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति नियमावली २०८० को नियम २६ को उपनियम ५ बमोजिम सर्वसम्मतीले अनुमोदन भएको जानकारी गराउँछु,’ बैठकपछि प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपतिशमशेर जबराले भने।
समितिले प्रस्तावित नाम अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीशमा नियुक्ति दिने व्यवस्था छ।
कार्कीले विगत ८ महिनादेखि कायममुकायम भएर सर्वोच्चको नेतृत्व गरिरहेका थिए। कार्कीले छाेटाे समय सर्वाेच्च अदालतकाे नेतृत्व गर्नेछ, उनी साउन २० गते अनिवार्य अवकाशमा जाँदैछन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया