खोकनाबासीका पौरखी हातहरू (फाेटाेकथा)

काठमाडौँको धुलो, धुवाँ र कोलाहल छाडेर दक्षिणतर्फ ८ किलोमिटर छिचोल्दा प्राचीन नेवारबस्ती खोकना पुगिन्छ। त्यहीँ खोकनाको फेँदीमा छ, हरियो फाँट। देख्दै रहरलाग्दो यो फाँटमा सल्बलाइरहन्छन्, खोकनाबासीका हात–गोडाहरु।

असार १५ को अघिल्लो दिन पनि खोकनाबासीहरु खेतमा धान रोप्न व्यस्त थिए। यसपटक समयमै पानी (वर्षा) परेकोले किसानहरुले अधिकांश खेतहरुमा धान रोपिसकेका छन्। केही गराहरुमा धान रोप्ने तयारी हुँदैछ।

असारको दोस्रो हप्तासम्म यहाँका खेतीहरुमा धान रोपिसकिनुपर्ने हो। तर, सिँचाइको उचित व्यवस्थापन नमिलेका कारण अहिलेसम्म पनि केही गराहरुमा पानी पुग्न सकेको छैन। सिँचाइको समस्याका कारण नै धान रोप्नको लागि धेरै समय खर्चिनु परेको किसानहरु गुनासो गर्छन्। त्यसमाथि रासायनिक मलको समस्या त छ नै। त्यसका बाबजुद पनि खोकनाका किसानहरुले धमाधम खेत रोपिरहेका छन्।

भोलि असार १५ अर्थात् राष्ट्रिय धान दिवस। नजिकैको राजधानीमा खर्चिला कार्यक्रमहरुको योजना बनिरहँदा यहाँका किसानहरु आफ्ना दुःख समस्याहरु थाँती राखेर निरन्तर ऊर्जाशील हातहरु चलाइरहेका छन्।

खाेकना नेवार समुदायकाे प्राचीत बस्ती हाे, यहाँ अध्ययन अनुसन्धानका अनेकाैँ विषयहरु छन्। त्यसँगै याे फाँटमा कृषि पर्यटनउन्मखु छ। यहाँकाे मनाेरम दृश्य, हावा पानी, माछा पालनका लागि बनाइएका पाेखरीहरु, नजिकैकाे सिकाली मन्दिर, बागमती नदी किनार यहाँकाे पर्यटनका प्रमुख आकर्षकहरु हुन्।

हाल यहाँ केही हाेटल तथा रेस्टुरेन्टहरु खुलिसकेका छन्।

तस्बिरहरु :

प्रकाशित मिति: : 2023-06-29 18:45:00

प्रतिकृया दिनुहोस्