बिएल संवाददाता
दाङमा एक घरबेटीले दलित भएको भन्दै भाडाबाट निकालेपछि ती घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमकाअनुसार घरबेटी घोराही उपमहानगरपालिका– १७ दाङका ताराप्रसाद पोखरेललाई आज पक्राउ गरी अनुसन्धान थालिएको छ।
पोखरेलको घरमा बसिरहेका पञ्चल देवल नपा– ७ पुल्तोला अछाम हाल घोराही– १७ मा बस्दै आएका महेन्द्र विक र अदानचुली गापा– ३ हुम्लाका अङ्गराज नेपालीलाई घर निकाला गरेको प्रहरीले जनाएको छ।
‘तिमीहरू कामी रहेछौँ, घर बनाएदेखि दलितलाई छिर्न दिएको छैन। तिमीहरू घरमा आएदेखि म बिरामी छु भन्दै घरबाट निकालिदिनुभयो,’ पीडित महेन्द्र विककी श्रीमती शान्ति विकले भनिन्।
सोही घरमा परियारसँग तीन जना एउटा कोठामा बस्थे भने महेन्द्रको परिवार अर्को कोठामा बस्थे। शुक्रबार साँझ नै घरबेटीले त्यस्तो व्यवहार गरेको प्रहरीले बताएको छ। प्रहरीले जातीय छुवाछूतअन्तर्गत मुद्दा दर्ता गरी कारबाही गर्ने तयारी गरेको छ। घटना बाहिर आएपछि प्रेस सेन्टर दाङ, दलित पत्रकार सङ्घ दाङलगायत विभिन्न सङ्घसंस्थाले विज्ञप्ति जारी गरी विरोध जनाएका छन्।
साथै दोषीमाथि कारबाहीको माग गरेका छन्।
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया