
बिएल संवाददाता
नेकपा (एमाले)ले आज सचिवालय बैठक डाकेको छ।
ललितपुरस्थित केन्द्रीय पार्टी मुख्यालयमा सचिवालय बैठक डाकिएकाे प्रचार विभाग सचिव गगन विष्टले जनाएका छन्।
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने सो बैठकमा समसामयिक राजनीतिक विकास क्रमका बारेमा छलफल गर्ने तथा आन्तरिक सङ्गठन निर्माणका बारेमा समीक्षा गर्दैछन्।
सचिवालय बैठक बस्नुअघि गत बुधवार र बिहीबार अध्यक्ष ओलीले पार्टीका उपाध्यक्षसँग सामूहिक रूपमा छलफल गरेका थिए।
उपाध्यक्षहरूसँग पार्टीको गतिविधि तथा भइरहेका काम कारबाहीको बारेमा छलफल गरेपछि आज सचिवालय बैठक बोलाइएको हो।
आजको सचिवालय बैठकले सांगठानिक संरचना, केन्द्रीय नेताहरूको कार्य विभाजन तथा अन्य विषयमा पनि छलफल गर्नेछ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया