
बिएल संवाददाता
मिटरब्याजसम्बन्धी विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भएको छ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक–२०८० संशोधनसहित पारित गरेको हो।
प्रतिनिधि सभाका १४ जना सांसदहरुले दर्ता गराएको संशोधनमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले एकीकृत गरेर लैजाने प्रतिवद्धता जनाएपछि विधेयक सर्वसम्मतिले पारित भएको हो। यो विधेयक पारित भएसँगै मिटरब्याज कानुनी प्रक्रियाभित्र आएको छ।
सरकारले मिटरब्याज पीडतसँगको सहमतिअनुसार गत बैशाख २० मा अध्यादेश ल्याएको थियो। उक्त अध्यादेशलाई प्रतिस्थापन गर्नका लागि असार ५ मा विधेयक दर्ता गरिएको थियो।
राष्ट्रिय सभाबाट असार १० मा उक्त विधेयक पारित भएको थियो। असार १७ मा मात्रै उक्त विधेयक प्रतिनिधिसभामा पेस भएको थियो। राष्ट्रियसभाबाट पारित भइसकेको यो विधेयक अब पुनः राष्ट्रिय सभामा जानेछ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया