आइतबार, ०३ अगस्ट २०२५

एनआरएनए युएईको विवाद उत्कर्षमा, शेर्पा समूहले आज पत्रकार सम्मेलन गर्दै

News Image
• • •

गैह्र आवासीय नेपाली संघ (एनआरएनए) एनसीसी युएईको आठौँ अधिवेशन आयोजनामा देखिएको विवाद उत्कर्षमा पुगेको छ।

निर्वाचन समिति गठन प्रक्रिया देखिनै असन्तुष्ट बनेको संस्थाका वरिष्ठ उपाध्यक्ष पासाङ शेर्पा सहितको समूहले अघोषित रूपमा अधिवेशन बहिष्कार गरेका छन्। उम्मेदवारी दर्ता प्रक्रियामा समेत शेर्पा समुह सहभागी भएकाे छैन्।

संस्था भित्र चरम राजनीति छिरेको भन्दै त्यसलाई उजागर गर्न शेर्पा समुहले आज साँझ ७ बजे विशेष पत्रकार सम्मेलनको आयोजना गर्दैछ। शेर्पाले आजको पत्रकार सम्मेलनमा अधिवेशन विवादको जड र संस्था भित्रको बेथिति उजागर गर्ने बताएका छन्।

यता निर्वाचन समितिले २०२३– २५ को कार्यसमिति चयनका लागि परेका उम्मेदवारहरुको अन्तिम नामावली आज नै सार्वजनिक गर्दैछ।

अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका कृष्ण ठाकुरले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि अहिले अध्यक्षमा विकास शाहीको एक्लो उम्मेदवारी कायम छ भने आईसीसी सदस्यका लागि ४ जना, उपाध्यक्षका लागि ५ जना, महासचिवका लागि १ जना, सचीवका लागि ५ जना र कोषाध्यक्षका लागि १ जनाको उम्मेदवारी परेको छ। विभिन्न पदका लागि अहिलेसम्म जम्मा ३१ जनाको उम्मेदवारी कायम भएको छ।

बिहिबार, श्रावण ०४, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!