सुनिता लामा
‘व्यक्ति आफैँमा आत्मविश्वास र जीवनमा केही बन्छु र समाजमा केही गरेर देखाँउछु भन्ने सपना अनि तृष्णा छ भने संसारको कुनै कुराले पनि बाधा ल्याउन सक्दैन’ भन्ने यथार्थलाई सार्थक बनाइदिएकी छिन्, सौन्दर्यविद सुजाता बोहाेराले।
करिब सात वर्षअघि कुपोन्डोलस्थित जुम ब्युटी एकेडमीमा ब्युटिकोर्षसम्बन्धी तालिम लिन पुगेकी सुजाताले त्यतिबेला आफू पनि एक सफल व्यवसायी र सौन्दर्यविद बन्छु भन्ने सपना सायद देखेकी थिइनन् होला। तर जसै जुम ब्युटी एकेडमीमा तालिम लिँदै गइन्, एकपछि अर्को प्रशिक्षणमा सहभागी हुँदै उनले फुल ब्युटीकोर्ष नै पूरा गरिन् र करिब पाँच वर्ष उनले जुम ब्युटी एकेडेमीको कर्मचारीको रुपमा काम गरिन्।
व्यक्ति चाहे महिला होस् या पुरुष जसको हातमा सीप छ, त्यो व्यक्ति कहिल्यै असफल हुन सक्दैन। ‘घर परिवारको निम्ति मात्र होइन तर आफू पनि खुशी र सन्तुष्टिका साथ बाँच्ने हो भने हातमा केही सीप चाहिँ अवश्य नै हुनुपर्छ’ भन्ने सकारात्मक सोचाइका सुजाता आफूलाई बुवाले सेकेन्ड लप्टन बन्नुपर्छ भनेको तर आफ्नो रुचि र इच्छा भने सौन्दर्य क्षेत्रमा भएकोले यही क्षेत्रमा नै आएर सफल भएको बताँउछिन्।
केही दिनअघि मात्र जुम ब्युटी एकेडेमीको उत्कृष्ट शिक्षा, सीपयुक्त प्रशिक्षण, उत्प्रेरणा, उत्साह, परिवारको सम्पूर्ण सदस्यहरुको साथ, सहयोग लगानी र आशीर्वादको कारण भक्तपुरको गठ्ठाघरस्थित आफ्नै निजी लगानीमा ग्ल्यामर ब्युटी केयर मेकअप स्टुडियोको उद्घाटन गरेकी सुजाताको बाँकी अनुभव, सिकाइ र भोगाइका क्षणहरु उनको आफ्नै आवाजमा सुनौं अनि मनन गरौं:

गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया