लघुवित्त पीडितद्वारा नयाँ बानेश्वरमा प्रदर्शन, १७ जना पक्राउ (तस्बिरहरू)

लघुवित्त तथा वित्तीय संस्थापीडित संघर्ष समितिले नयाँ बानेश्वरमा प्रदर्शन गरेकाे छ।

विभिन्न जिल्लाबाट न्याय माग्न काठमाडाैँ आएर माइतीघरमा धर्ना बसिरहेका लघुवित्त पीडितहरूले बुधबार नयाँ बानेश्वरमा प्रदर्शन गरेका हुन्।

संसद भवन घेराउ गर्न आएका प्रदर्शनकारीहरूलाई प्रहरीले अवराेध गरेकाे छ। केहीबेरअघि प्रहरीको ब्यारिगेट तोड्न खाेजेपछि प्रहरीसँग उनीहरूकाे घम्साघम्सी परेको थियाे। साेही क्रममा संघर्ष समितिका संयाेजकसहित १७ जनालाई प्रहरीले पक्राउ गरेकाे छ। 

अहिले भने पीडितहरू शान्तिपूर्ण रूपमा धर्नामा बसेका छन्। आफूहरुको माग सम्बोधन नभए आन्दाेलन थप चर्काउने उनीहरूले चेतावनी दिएका छन्।

पछिल्लो पटक देशभरबाट काठमाडौं आएका उनीहरूले लघुवित्तले लिएकाे बढी पैसा फिर्ता हुनुपर्ने, लघुवित्त संस्था खारेज गर्नुपर्नेलगायतका विभिन्न माग राखेर प्रदर्शन गरिरहेका छन्।

प्रकाशित मिति: : 2023-07-26 16:28:00

प्रतिकृया दिनुहोस्