बिएल संवाददाता
त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट पास भई बरामद भएको सय किलाे सुन तस्करीको आशंकामा राजस्व अनुसन्धान विभागले व्यापारी राकेशकुमार अडुकियाको घरमा छापा मारेको छ।
राजस्व अनुसन्धान विभागकाे टाेलीले उनको कमलपोखरीस्थित निवासमा बुधबार छापा मारेको हो।
साउन २ गते त्रिभुवन विमानस्थलबाट सय किलाे अवैध सुन बरामद गर्नुभन्दा केही समय अगाडि भारत, दुबई र हङकङकाे शङ्कास्पद भ्रमण गरेको पाइएपछि उनको घरमा छापा मारिएको बताइएको छ ।
छापा मारेको बेला अडुकिया घरमा थिएनन् । उनी भागिसकेको अनुमान गरिएको छ ।
राजश्व अनुसन्धान विभागले सय किलाे सुनको मालिक डुकिया हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ। सुन आयात गर्ने रेडी ट्रेडर्स अडुकियाकै योजनामा खोलिएको कम्पनी हुन सक्ने सम्भावना देखिएको छ ।
उनी नेपालमा जन्मेका भएपनि भारतीय नागरिकता र राहदानीवाहक हुन्। उनले जेड ६३९६४२१ नम्बरको भारतीय राहदानी बोकेर विदेश आउजाउ गरेको देखिन्छ।
राकेशले पछिल्लो छ महिनामा हङकङ जान नयाँ दिल्ली,बैंकक र दुबई रुटसमेत प्रयोग गरेको पाइएको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया