बिएल संवाददाता
त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट पास भई बरामद भएको सय किलाे सुन तस्करीको आशंकामा राजस्व अनुसन्धान विभागले व्यापारी राकेशकुमार अडुकियाको घरमा छापा मारेको छ।
राजस्व अनुसन्धान विभागकाे टाेलीले उनको कमलपोखरीस्थित निवासमा बुधबार छापा मारेको हो।
साउन २ गते त्रिभुवन विमानस्थलबाट सय किलाे अवैध सुन बरामद गर्नुभन्दा केही समय अगाडि भारत, दुबई र हङकङकाे शङ्कास्पद भ्रमण गरेको पाइएपछि उनको घरमा छापा मारिएको बताइएको छ ।
छापा मारेको बेला अडुकिया घरमा थिएनन् । उनी भागिसकेको अनुमान गरिएको छ ।
राजश्व अनुसन्धान विभागले सय किलाे सुनको मालिक डुकिया हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ। सुन आयात गर्ने रेडी ट्रेडर्स अडुकियाकै योजनामा खोलिएको कम्पनी हुन सक्ने सम्भावना देखिएको छ ।
उनी नेपालमा जन्मेका भएपनि भारतीय नागरिकता र राहदानीवाहक हुन्। उनले जेड ६३९६४२१ नम्बरको भारतीय राहदानी बोकेर विदेश आउजाउ गरेको देखिन्छ।
राकेशले पछिल्लो छ महिनामा हङकङ जान नयाँ दिल्ली,बैंकक र दुबई रुटसमेत प्रयोग गरेको पाइएको छ।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया