
रामचन्द्र न्यौपाने
डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका– २ मा पर्ने रसी गाउँमा खानेपानीको समस्या हटेकाे छ।
बस्ती बसेदेखि नै खानेपानीकाे समस्या रहेकाे यहाँ ‘एक घर, एक धारा निर्माण’ अभियानमार्फत् घर-घरमा पानी ल्याइएपछि अब पानीकाे समस्या हटेकाे हाे।
पञ्चवर्षीय याेजनाकाे रुपमा कार्यन्वयनमा आएको त्रिपुरासुन्दरी खानेपाननी आयाेजना सकिएसँगै साेमबारदेखि प्रत्येक घरधुरीमा पानी आउन सुरु भएको छ। आयाेजना सम्पन्न भएसँगै वडाध्यक्ष टंक थापाले धारा खाेलेर खानेपानी सेवाकाे उद्घाटन गरेका हुन्।
खानेपानी याेजना निर्माण भएसँगै माझगाउँ र डाँडागाउँ गरेर १ सय ३५ घरधुरीमै धारा निर्माण गरी पानी आउन थालेकाे उपभोक्ता समितिका अध्यक्ष धनकर्ण बुढाले बताए।
कुनै बेला खानेपानीकाे समस्याले बस्ती सार्नुपर्ने स्थिति आएको स्मरण गर्दै अब घर-घरमा शुद्ध खानेपानीको सुविधा भएको भन्दै उनले खुसी व्यक्त गरे।
आयाेजना सम्पन्न हुन्जेलसम्म खानेपानी सिचाइँ तथा ऊर्जा विकास कार्यालय डाेल्पाकाे ६० लाख रकम खर्च भएकाे समेत वडा अध्यक्षा थापाले जानकारी दिए।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया