
बिएल संवाददाता
रुकुम (पूर्व) भूमे गाउँपालिकाले वडा कार्यालयहरुलाई व्यवस्थित तथा पक्की संरचना निर्माण गर्ने योजना धमाधम अगाडि बढिरहेको छ।
सोहि अनुसार भूमे गाउँपालिका वडा नं. ३ सिमाको वडा कार्यालय भवन, चिस्यान केन्द्र र सुत्केरी भान्छा घर निर्माणको लागि जग्गा व्यवस्थापन स्थानियवासीको सहयोगबाटै रकम जम्मा भइरहेको छ। सिमामा रहेको वार्ड नं. ३ को कार्यालय हाल कच्ची भवनबाट नागरिकलाई सेवा प्रवाह भइरहेको छ।
हाल सेवा प्रवाह गर्दै आएको वडा कार्यालयको जग्गा नयाँ संरचना अनुसारको भवन निर्माण गर्नको लागि मापदण्ड अनुसार जग्गाको क्षेत्रफल नपुग भएकोले वडा कार्यलय नयाँ ठाउँमा जग्गाको व्यवस्थापन गर्न पर्ने आवश्यकता रहेको थियो।
कार्यालयलाई पक्की भवनको लागि जग्गाको व्यवस्थापन सिमा जग्गा व्यवस्थापन समितिद्वारा अनुरोध गरिएको थियो। सिमामा रहेको भूमे गाउँपालिका ३ नं. वडा कार्यालय स्थानियवासीलाई जग्गा व्यवस्थापन गर्न कठिनाई आएको थियो।
जसअनुसार सिमावासीले गाउँको बैठक बसेर वडा कार्यालयको लागि जग्गा व्यवस्थापनलाई कसरी निरन्तरता दिने र व्यवस्थापन गर्न सकिन्छ भन्ने बारेमा छलफल गरी निर्णयमा पुगेको स्थानीय युवा तथा बुद्बिजीवी चन्द्र रसाईलीले जानकारी दिए।
सोही निर्णयको कार्यन्वयनमा गर्न सिमास्थित श्री हरियाली जनयुवा क्लब र भूइचाले सामुदायिक वन उपभोक्ता समितिलाई जिम्मेवारी दिएर सहयोग उठाउने क्रमलाई अगाडि बढाउने निर्णय गरेका थिए।
साथै भूमे गाउँका स्थानीयबासी सहित वैदेशिक रोजगारमा गएकाहरुसँग सल्लाह र सुझाव माग्दै आर्थिक सहयोगको लागि अपिल गर्ने र प्रत्येक घरबाट सकेजति सहयोग उठाउने निर्णय भएको रसाइलीले जानकारी गराए।
‘इच्छा र चाहाना भए केहिले पनि नछेक्ने रहेछ,’ भावुक हुँदै हरियाली जनयुवा क्लबका अध्यक्ष फर्कबहादुर पुनले बताए।
गाउँ समाजलाई एकतासाथ राम्रो कामको थालनी भएको भूइचाले सामुदायिक वन उपभवक्ता समितिका अध्यक्ष हरी पुनले आफ्नो धारणा राखेका थिए।
युवा समाजसेवी चन्द्र रसाईलीले देश विदेशमा रहेका स्थानीयवासीको साथ सहयोगले हौसल्ला बढ्दै गएको र कामले निरन्तरता पाएकोमा सम्पूर्ण सहयोगी हात र सिमा जग्गा व्यवस्थापन समिति प्रति कृतज्ञता व्यक्त गरेका छन्।
हाल वडा कार्यालय निर्माणको काम अन्तिम चरणमा पुगेको र बाँकी व्यवस्थापनको लागि सहयोग उठाउने क्रम जारी रहेको शिक्षक तथा बुद्धीजिबी फर्कबहादुर पुनले बताए।
साथै भावी सन्ततीको लागि सहज र व्यवस्थित साथ सेवा प्रवाहको लागि पक्की भवनको आवश्यक्ता महुस गरि जग्गा व्यवस्थापनमा गाउँले जुटेका स्थानीय राजन पुनले बताए।
गत शनिबार बसेको गाउँको बैठकबाट वडा कार्यालयको जग्गाको लागि आवश्यक रकम जग्गाधनीलाई हस्तान्तरण गरि जग्गा पासको लागि वडा कार्यालयलाई अनुरोध समेत गरिएको छ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया