मनास्लु वर्ल्ड कलेजकाे अभिमुखीकरण कार्यक्रम भव्य रुपले सम्पन्न (भिडियाेसहित)

सुनिता लामा

काठमाडौं

काठमाडौँको चाबहिल चुच्चेपाटीमा अवस्थित मनास्लु वर्ल्ड कलेजले २०८०/८१ को नयाँ शैक्षिक सत्रमा भर्ना भएका कक्षा ११ का विद्यार्थीहरुलाई लक्षित गरी एउटा भव्य र सभ्य अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

श्रावण २० गते (शनिबार) चाबहिलको स्मार्ट पार्टी प्यालेसमा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ पत्रकार ऋषि धमला, कलाकार सन्दीप क्षेत्रीलगायतको दमदार प्रस्तुतीहरुका साथ उक्त कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रमकाे मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामा र प्रधानाध्यापक राजन श्रेष्ठले उद्घाटन गरेका थिए। कार्यक्रममा मनास्लु वर्ल्ड कलेजको आफ्नै सांगीतिक ब्याण्डहरु मनास्लु ब्याण्ड, लस एण्ड फाउन्ड ब्याण्ड, कलेजमा अध्ययनरत विद्यार्थीहरु कुशल अधिकारी, लाक्मा लामा, डिकी शेर्पालगायत दर्जनौँ विद्यार्थीहरुले नृत्य तथा सांगीतिक प्रस्तुतीहरु दिएका थिए।

पत्रकार ऋषि धमलाले मनास्लु वर्ल्ड कलेज नेपालको वर्तमान परिप्रेक्षमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने एउटा शैक्षिक हबको रुपमा स्थापित हुन सफल भएको बताए। त्यस्तै हास्यव्यङ्ग्यकार तथा कलाकार सन्दीप क्षेत्रीले विद्यार्थी वर्गले फराकिलो सोचाइ राखी आफूलाई अन्य व्यक्तिसँग तुलना नगरी उद्देश्य प्राप्तिको निम्ति निरन्तर पाइला चाल्नुपर्ने सल्लाह दिएका थिए। उचाइमा पुग्नु र लक्ष्य प्राप्त गर्नु मात्र सफलताको मापन होइन तर त्यसको निम्ति गरिने संघर्ष र यात्रा पनि सफलता हो भन्दै सम्पूर्ण विद्यार्थीहरुलाई उनले हौसला दिएका थिए। 

नृत्यकार राजेन्द्र/मीना गिरीको संगीतमय जादू, गायक अमन अनुराग श्रेष्ठको सुमधुर गीत, मनास्लु ब्याण्डहरुको रक अन प्रस्तुती, मनास्लुकै विद्यार्थी कुशल अधिकारीको जोसिलो नृत्य, प्रसन्न पाठकको स्वादिलो लोकदोहोरीसँगै थुप्रै उत्कृष्ट सांस्कृतिक प्रस्तुतीहरुले कार्यक्रमलाई अन्तसम्मै ऊर्जाशील बनाइएको थियो। 

नेपाली चलचित्र क्षेत्रमा सबैभन्दा सानो उमेरको निर्देशकको रुपमा गिनिज वर्ल्ड रेर्कड राख्न सफल सौगात बिष्टले पनि कक्षा ११ मनास्लुमा भर्ना भई पढ्न पाउँदा आफूलाई खुसी लागेको बताएका थिए। 

कक्षा ११ का विद्यार्थीहरुको निम्ति विशेष आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा कलेजका सहायक प्रधानाध्यापक गोपाल श्रेष्ठले कलेजको आचारसंहिता, शैक्षिक गतिविधि, विषयवस्तुको विस्तृतीकरण, मुल्यांकन पद्धति, परीक्षा प्रणाली र शैक्षिक क्यालेण्डरको विषयमा प्रष्ट पारेका थिए। 

शिक्षासँगै सीप भन्ने नारालाई यर्थाथमा अवलम्बन गर्ने उद्देश्यले मनास्लु वर्ल्ड कलेजले यसै शैक्षिक सत्रदेखि अमेरिकन सफ्ट स्किल एकेडेमी र जुम ब्युटी एकेडेमीसँग सहकार्य गर्दै मनास्लुका विद्यार्थीहरुलाई विभिन्न सीपमुलक तालिमको समेत व्यवस्था गरिएकाे अध्यक्ष लामाले जानकारी दिए।

प्रकाशित मिति: : 2023-08-06 16:30:00

प्रतिकृया दिनुहोस्