बिएल संवाददाता
नेपालमा आगामी दुई दिन भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आइतबार साँझ विशेष मनसुन बुलेटिन जारी गर्दै असार १६ र १७ गते देशका विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जानकारी गराएको हो।
महाशाखाका अनुसार मधेश प्रदेशका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा हुने सम्भावना छ। ती प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षासमेत हुन सक्ने पूर्वानुमान छ।
महाशाखाले वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने, शहरी तथा तराई क्षेत्रका होचा भागमा डुबान हुन सक्ने तथा पहाडी क्षेत्रमा पहिरोको जोखिम बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
यस्तै, मेघगर्जन र चट्याङ्गका घटनाबाट जनधनको क्षति हुन सक्ने भएकाले सुरक्षित स्थानमा बस्न तथा यात्रा गर्दा विशेष सावधानी अपनाउन पनि अनुरोध गरिएको छ।
महाशाखाले मौसमसम्बन्धी पछिल्लो जानकारी तथा अद्यावधिक पूर्वानुमान नियमित रूपमा हेरी आवश्यक सतर्कता अपनाउन सर्वसाधारण, स्थानीय तह तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ।
कांग्रेस विवाद: अध्यावधिक हुनु र आधिकारिकता पाउनु अलग विषय हो
फेरिँदै महिला हिंसाको स्वरूपः सामाजिक सञ्जालबाट हुने चरित्र हत्या र साइबर हिंसाले थप चुनौती
प्रधानमन्त्रीको भारत भ्रमणः सन्तुलनको सम्बन्ध र विश्वास स्थापनाको प्रयास
किसुनजीको सुराहीमा मोदीजीको सादगी!
विस्तृत शान्ति सम्झौतादेखि जेनजी विद्रोहसम्म: धरमराएको ‘शान्ति-यात्रा’
प्रधानमन्त्रीको भारत भ्रमण ‘नयाँ कूटनीतीको परीक्षा’
अब समाजमा झुकेको आमाबुबाको शिर उठाउनु छ…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया