ध्रुब बस्याल
सिनामंगलबाट बरामद सय किलो भनिएको सुनको परिणाम ६० केजी ७१६ ग्राम रहेको पाइएको छ।
गालेपछिको सुनको कुल वास्तविक तौल ६० किलो ७१६ ग्राम कायम भएको राष्ट्र बैंकको टक्सार विभागका प्रमुख थानेश्वर आचार्यले बताए।
मोटरसाइकलको ‘ब्रेक शु’मा हङकङबाट तस्करी गरी नेपाल ल्याइएको उक्त सुन यही साउन २ गते त्रिभुवन विमानस्थलबाट राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो।
बरामद गरिएको उक्त सुन २९ दिनपछि ‘ब्रेक शु’बाट छुट्याएर तौलिएको हो। सुनको गुणस्तरबारे अन्तर्राष्ट्रिय मापदण्डअनुसार जाँच गरेर एक हप्तापछि मात्रै सार्वजनिक गरिने विभागले जनाएकाे छ।
अहिलेसम्मकै ठुलाे परिणाममा भएकाे याे सुन तस्करीकाे अनुसन्धान सुरु राजस्व अनुसन्धान विभागले गरेकाे भएपनि हाल नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान व्यूराे (सिआइबी)ले गरिरहेकाे छ।
यस प्रकरणमा हालसम्म १८ जना पक्राउ परेका छन्।
याे सुन कसले नेपाल भित्र्याएकाे हाे भन्ने वास्तविकता अहिलेसम्म खुलेकाे छैन।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया