एमाले लुम्बिनी अध्यक्षका उम्मेदवार रिजालविरुद्धको उजुरी झुटो

नेकपा (एमाले) लुम्बिनी प्रदेशको अध्यक्षका उम्मेदवार हरि रिजालविरुद्ध उजुरी परेको उजरी झुट भएको प्रमाणित भएको छ। उनको लुम्बिनी प्रदेशमा पार्टी सदस्यता नरहेको भन्दै उजुरी परेको थियो।

तर, रिजालको १७२५ नम्बरको संगठित सदस्यता प्युठानको नौबहिनी गाउँपालिका– ६ मा कायम रहेको पाइएको छ।

आर्थिक वर्ष २०७९/८० को नवीकरण रेकर्डमा उनको सदस्यता नवीकरण प्युठानको नौबहिनी गाउँपालिका- ६ बाट भएको एमाले प्युठानले जानकारी दिएको छ।

लुम्बिनी अध्यक्षका लागि रिजालसँगै राधाकृष्ण कँडेल चुनावी मैदानमा छन्।

प्रकाशित मिति: : 2023-09-04 16:37:00

प्रतिकृया दिनुहोस्