बिएल संवाददाता
अष्ट्रेलिया सरकारले समूहमा आफ्नो भूमिमा भ्रमणमा आउने चिनियाँ नागरिकलाई प्रवेशाज्ञा (भिसा) जारी गर्ने प्रक्रिया पुनः सुरु गरेको छ। व्यापार एवं पर्यटन मन्त्री डन फारेलका अनुसार स्वीकृत गरिएका गन्तव्यमा चिनियाँ पर्यटकलाई भिसा जारी गरिने छ।
कोरोना महामारीपछि पहिलोपटक भिसा जारी गर्ने प्रक्रिया पुनः सुरु गरिहएको हो। यात्रा व्यवस्थापन गर्ने चिनियाँ र अष्ट्रेलियाको पर्यटन उद्योगको समन्वयमा काम थालिएको मन्त्री फारेलले सोमबार एक विज्ञप्ति निकालेर बताएका हुन्। दुवै देशका सरकार र पर्यटन उद्योगीबीच आवश्यक सम्झौता गरेर प्रक्रिया अघि बढाइएको जानकारी उनले दिए।
चीनलगायत संसारका कुनै पनि देशबाट अष्ट्रेलियाको भ्रमण गर्नेलाई विश्वस्तरीय पर्यटन सेवा उपलब्ध गराउन सरकार तयार रहेको बताउँदै मन्त्री फारेलले पर्यटकलाई स्वागत गर्न व्यवसायीहरू उत्सुक रहेका उल्लेख गरेका छन्। यसैबीच, कोरोना महामारीअघि सन् २०१९ मा १४ लाख चिनियाँले अष्ट्रेलिया भ्रमण गरेका अष्ट्रेलियाको पर्यटन विभागले जनाएको छ।
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया