एकै खेलमा नेपाली क्रिकेटका चार विश्व कीर्तिमानी !

चीनमा जारी १९औँ एसियाली खेलकुद (एसियाड)अन्तर्गत मंगाेलियाविरुद्धकाे खेलमा नेपाल एकैपटक चार विश्व कीर्तिमानी (रेकर्ड) बनाएकाे छ। बुधबार बिहान मंगोलियाविरुद्धकाे खेलमा नेपाली टोलीले एक पछि अर्का गर्दै विश्व कीर्तिमान रच्याे।

बुधबार मंगोलियाविरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर कीर्तिमानी ३ सय १४ रन बनायाे। जुन अहिलेसम्मकै सबैभन्दा उच्च स्काेर हाे।

पहिलोपटक अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेको मंगोलिया नेपालसामु निरही रह्याे। नेपालले २० ओभरमा जम्मा ३ विकेट गुमाको थियो। जहाँ नेपालका ओपनर कुशल भुर्तेल २३ बलमा २ चौकासहित १९ रनमा आउट भएका थिए। अर्का ओपनर असिफ शेख १७ बलमा २ चौकासहित १६ रनमा क्याच आउट हुन पुगेका थिए। नेपालले दुवै ओपनर गुमाउँदा ८ ओभरमा ७७ रन बनाएको थियो।

दुवै ओपनर आउट हुँदा मंगोलियाविरुद्ध नेपालले टि- २० आइमा ३ सय रन बनाउँछ भन्न सकिने अवस्था थिएन। यता, तेस्रो नम्बरमा क्रिजमा आएका कुशल मल्लको विस्फाेटक व्याटिङले नेपालको कायापल्ट भयो। यतिसम्म कि उनी ओडिआइ र टि- २० आइमा सर्वाधिक छिटो शतक प्रहार गर्न ब्याटर बनेर विश्व कीर्तिमान बनाए। उनले ३४ बलमै टि- २० आइमा छिटो शतक प्रहार गर्ने खेलाडी बने।

यसअघि दक्षिण अफ्रिकाका डेभिड मिलरले बंगलादेशविरुद्ध ३५ बलमा शतक प्रहार गरेका थिए।

त्यस्तै भारतका रोहित शर्माले श्रीलंकाविरुद्ध ३५ बलमा शतक प्रहार गरेका थिए। यी दुईसँगै चेक रिपब्लिकका एस विक्रमशेखराले टर्कीविरुद्ध ३५ बलमा शतक प्रहार गरेका थिए।

त्यस्तै त्यसपछि आएका कप्तान राेहितकुमार पाैडेलले ६७ रन बनाए।

कुशल मल्ल र रोहितले तेस्रो विकेटका लागि १ सय ९३ रनको साझेदारी गरेका थिए। यसअघि टि- २० आइमा कुनै पनि जोडीले यति ठुलो रनको साझदारी गरेका थिएनन्। यी दुईको उत्कृष्ट साझदारीले मंगोलियाविरुद्ध नेपालले ठुलो स्कोर बनाउन सफल भयो।

यता दीपेन्द्रसिंह ऐरी पनि विश्व कीर्तिमानी कायम गर्न सफल भएका छन्। रोहित आउट भएपछि क्रिजमा आएका ऐरीले ९ बलमा अर्धशतक पूरा गरेका थिए। उनी टि- २० मा सबैभन्दा छिटाे अर्धशतक बनाउने खेलाडी बने।

यसअघि सन २००७ मा भारतका युवाराज सिंहले १२ बलमा अर्धशतक बनाएर विश्व कीर्तिमान बनाएका थिए। दीपेन्द्रले १५ वर्षपछि उक्त रेकर्ड तोडेका छन। १५ वर्षपछि तोडिएको उक्त रेकर्डको चर्चा अहिले विश्वसामु भइरहेको छ।

नेपालको नाममा अर्काे कीर्तिमानी बन्यो, जहाँ एक खेलमा सर्वाधिक छक्का प्रहार गर्न पनि सफल भयो। नेपालका तीन ब्याटरले मंगोलियाविरुद्ध २६ छक्का प्रहार गरेका थिए। नेपालका कुशल मल्लले सर्वाधिक १२ छक्का प्रहार गरे भने कप्तान रोहितले ६ तथा दीपेन्द्रसिंह ऐरीले ८ छक्का प्रहार गर्न सफल भए।

मंगोलियाविरुद्ध नेपालले एकपछि अर्काे गरेर नयाँ नयाँ कीर्तिमान बनायो। यता, निर्धारित २० ओभरमा ३ विकेट गुमाएको नेपालले टि- २० आइमा ३ सय रन बनाउने पहिलो टोलीसामेत बन्यो। यसअघि कुनै पनि राष्ट्रले यति ठुलो स्काेर बनाएका थिएनन्।

यसअघि सन २०१९ मा अफगास्तिानले टि- २० मा उच्च स्कोर बनाएको थियो। अफगास्तिानले आइरल्यान्डविरुद्ध २ सय ७८ रन बनाएकाे थियाे। त्यसअघि चेक रिपब्लिकले पनि सन २०१८ मा टर्कीविरुद्ध २ सय ७८ रन बनाएकाे थियाे। नेपालले आज यी दुवैको कीर्तिमान तोडेको छ।

पहिलोपटक अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेको मंगोलिया आफ्नाे पहिलो खेलमै निरही बन्याे। मंगाेलिया नेपालसँग २ सय ७३ रनले पराजित भएकाे छ।

प्रकाशित मिति: : 2023-09-27 13:13:00

प्रतिकृया दिनुहोस्