बिएल संवाददाता
अष्ट्रेलियाको सिड्नीमा ह्वेल माछाले डुङ्गालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते भएका छन्।
न्यू साउथ वेल्स प्रहरीका अनुसार सिड्नीको दक्षिणमा रहेको बोटनी बेमा आपत्कालीन सेवाका अधिकारीहरूले समुद्री तटमा ढलेका एक जना ६१ वर्षीय वृद्धलाई उद्धारको प्रयास गर्दा उनी निष्प्राण भेटिएका जनाएका छन्।
मृतक ती वृद्ध ढलेको स्थानभन्दा केही अर्का एक जनालाई गम्भीर अवस्थामा उद्धार गरी स्थानीय अस्पताल भर्ना गरिएको छ।
मानवविहीन डुङ्गा बोटनी बेमा बारम्बार घुमिरहेको देखेपछि दुर्घटनाको आशङ्कामा आपत्कालीन सेवाका अधिकारी घटनास्थलमा पुगेका थिए।
अज्ञानवश पीडितहरू धेरै ह्वेल भएका स्थानमा डुङ्गा लिएर पुग्दा यो दुर्घटना भएको उनीहरूले बताएका छन्।
सुरक्षा अधिकारीहरूले दुर्घटनाको अनुसन्धान थालेका न्यु साउथ वेल्सका प्रहरी अधिकृत सिओभान मुनरोले बताएका छन्।
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया