बुधबार, ३० जुलाई २०२५

लगानी सप्ताहकाे अवसरमा जुम्लामा शेयर बजारबारे शिक्षा

News Image
• • •

यतिबेला ‘विश्व लगानी सप्ताह- २०२३’ चलिरहेकाे छ। यही अवसरमा जुम्लाका उद्याेगी, व्यवसायी, बैंकर्स, बिमा कम्पनी तथा विद्यार्थीलाई शेयरबजारबारे शिक्षा दिइएकाे छ।

शेयर बजारबारे शिक्षा दिने कार्यक्रम इम्पेरियल सेकुरेटिज कम्पनीले जुम्ला उद्याेग वाणिज्य संघसँगकाे सहकार्यमा गरेकाे हाे।

शेयर बजारमा प्रवेश कसरी गर्ने र त्यसका फाइदा बेलाइदाबारे सचेतना फैलाउन र शेयर बजारबारे विस्तृत जानकारी दिन एक दिने कक्षा सञ्चालन गरिएकाे इम्पेरियल सेक्युरिटिजका उदयराज अधिकारीले बताए।

‘आजकाे समयमा आम्दानीकाे दायरा फराकिलो बनाउन शेयर बजारमा उपस्थिति जनाउन जरुरी छ,’ उनले भने, ‘हामीले कार्यक्रममा शेयर बजारमा लागानी किन गर्ने र यसका फाइदा तथा जाेखिमहरुबारे छलफल गर्‍यौं।’

उनकाअनुसार शेयरकाे प्राथमिक बजार र सहायक बजार दुवै लाभदायक र जाेखिम उक्त छन्। यस्ताे अवस्थामा दीर्घकालिन साेच राखेर लगानी गर्नुपर्ने हुन्छ।

‘पछिल्लो समय नेपालमा शेयर बजार लगातार खस्किरहेकाे छ,’ उनले भने, ‘दीर्घकालीन साेच राेख्नेले आज पनि हानी बेहोर्नुपरेको छैन। त्यसैले तत्कालकाे फाइदा नहेरी दिर्घकालिन फाइदा हेर्नुपर्छ।’

चन्दननाथ नगरपालिकाका कार्यबाहक नगर प्रमुख हेम बुढथपाले नेपालमा लगानीकाे वातावरण तयार पार्नु सरकारी र गैरसरकारी नियकायकाे दायित्व भएकाे बताए।

‘हामीले प्रत्येक्ष लगानीकाे वातावरण बनाउन सकेका छैनौं। राष्ट्र बैंकले शेयर बजार अनुकुल नीति लिन सकेकाे छैन,’ उनले भने, ‘लगानीकाे दायारा बढेन भने अर्थतन्त्रकाे आकार बढ्दैन। अर्थतन्त्रको आकार बढेन भने देश विकास हुँदैन।’

उनकाअनुसार आर्थिक विकास समग्र देश विकासको मेरुदण्ड हाे। आर्थिक विकासले नै उत्पादन बढाउने हाे। यसका लागि शेयर बजारकाे आकार बढाउन जरुरी छ।

वर्तमान समयमा ठुलो लगानी र ठुला बहुराष्ट्रिय कम्पनी स्थापना गर्न शेयर बजारकाे महत्त्वपूर्ण भूमिका रहने उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष पुरिचन्द्र देवकोटाले बताए।

‘ठूला कम्पनी खाेल्न। उत्पादन बढाउन एक, दुई जनाकाे लगानीबाट सम्भाव हुँदैन,’ उनले भने, ‘लगानीकाे दायरा बढाउन शेयर बजार व्यवस्थित र लगानी मैत्री हुनुपर्छ।’

पछिल्लो समय शेयर बजार लगातार ओरालाे लागिरहेकाे छ। शेयर बजार उकासिन सके लगानीकाे दायरा फराकिलो हुने र व्यक्ति व्यक्तिले समेत लाभ लिन पाउने नेपाल बैंक लिमिटेडका शाखा प्रबन्धक रवि भण्डारीले बताए।

कान्जिराेवा हाेटलमा संचालित कार्यक्रममा एक सयभन्दा बढीको सहभागिता रहेकाे थियाे।

शनिबार, आश्विन २०, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)