बिहिबार, १० जुलाई २०२५

रूकुममा हाेटेलमा युवकसँग बसेकी युवती मृत भेटिइन्

बिएल संवाददाता

बिएल संवाददाता

रूकुम पश्चिम 

News Image
• • •

रूकुम पश्चिममा एक हाेटलमा युवतीकाे शव भेटिएकाे छ। खलंगा नगरपालिका-२ स्थित खलंगा बजारकाे हाेटेल सत्कारमा युवतीकाे शव भेटिएकाे हाे।

मृतक युवतीकाे पहिचान खुलेकाे छैन। युवतीकाे धारिलाे हतियारले प्रहार गरी हत्या गरेकाे जस्ताे देखिएकाे घटानास्थलमा रहेका एक प्रहरी अधिकृतले बताए।

हाेटेल सत्कारमा शनिबार ती युवती र एक युवक बस्न आएकाे थिए। आज मंगलबार बिहान हाेटेल सञ्चालक हेर्न जाँदा युवती मृत भेटिएकी हुन्।

हाेटेलमा विकास थापा नामबाट इन्ट्री गरिएकाे छ। घटनाकाे छानविनका लागि काेहलपुरबाट तालिम प्राप्त कुकुरसहितको प्रहरीटाेली आउँदै छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?