बिएल संवाददाता
अभिनेत्री मनिषा कोइरालाले कारागारमा रहेका पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेकी छन्।
सरकारले प्रतिसोध साँधेको भन्दै रास्वपाले सुरु गरेको हस्ताक्षर संकलन अभियानमा कोइरालाले पनि पार्टी कार्यालय बनस्थली पुगेर बिहीबार हस्ताक्षर गरेकी हुन्।
हस्ताक्षर गरेपछि प्रतिक्रिया दिंदै कोइरालाले रविमाथि राज्यबाट अन्याय र दुर्व्यवहार भइरहेको बताइन्। उनले राज्यबाट भइरहेको अन्याय र दुर्व्यवहारविरुद्ध आवाज उठाएको बताइन्।
उनले भनिन्, ‘म कुनै पनि पार्टीमा आबद्ध छैन। एउटा आम नागरिकको नाताले राज्यबाट अन्याय र दुर्व्यवहार भइरहेको छ त्यसकोविरुद्ध आवाज उठाउन आएकी हुँ। जसले पनि समाचार हेरिरहेको छ, जसले पनि बुझिरहेको छ, पक्कै पनि रविमाथि दुर्व्यवहार भइरहेको छ।’
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया