बिहिबार, १० जुलाई २०२५

प्रेस चाैतारी जुम्लाका एक दर्जन नेता-कार्यकर्ता पक्राउ

News Image
• • •

प्रेस चाैतारी नेपाल जुम्लाका नेताहरुलाई प्रहरीले पक्राउ गरेकाे छ।

चाैतारीले असाेज २८ गते नेपाल पत्रकार महासंघमा ताला लगाएकाे थियाे। उक्त ताला प्रहरीकाे राेहबरमा फाेडिएपछि बुधबार पुन: ताला लगाइएकाे थियाे।

नेपाल पत्रकार महासंघ जुम्ला शाखाले नयाँ सदस्यता वितरण र पुराना नवीकरणकाे विषयमा अनियमितता गरेपछि ताला लगाइएकाे प्रेस चाैतारी नेपाल जुम्लाका अध्यक्ष नाैरते नेपालीले बताए।

'महासंघले ताला लगाएकाे विषयलाई लिएर हामीलाई प्रहरीले गिरफ्तार गरेकाे छ,' उनले भने, 'हाम्रा माग राख्ने स्वतन्त्रताकाे खिलापका सिंगाे सत्ता निरङ्कुस ढंगबाट लागेकाे छ।'

प्रहरीले प्रेस चाैतारी नेपाल जुम्लाका एक दर्जन नेता कार्यकर्तालाई गिरफ्तार गरेकाे पत्रकार सराेज शाहीले बताए।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?