बिएल संवाददाता
                                नेपालले हङकङमाथि ६ बिकेटको शानदार जीत हात पारेको छ।
त्रिकोणात्मक टी–२० अन्तर्राष्टिय क्रिकेट श्रृंखलाअन्तर्गत बिहीबार मुलपानी माथिल्लो क्रिकेट रगंशालामा टस जितेर पहिला फिल्डिङ गरेको नेपालले हङकङलाई ९४ रनमै अलआउट गर्यो । जवाफी ब्याटिङ गर्न मैदानमा उत्रेको नेपालले लक्ष्य १३. ५ ओभरमा ४ विकेट गुमाएर सजिलै लक्ष्य पूरा गर्यो।
नेपालका ओपनर कुशल भुर्तेल ८ रन बनाएर पेभिलियन फर्किएका थिए। उनलाई हङकङका एहसान खानले आउट गरे।
त्यस्तै, नेपालका कुशल मल्ल एक रन बनाएर आउट भए। उनलाई पनि हङकङका एसहान खानले आउट गरेका हुन्।
हङकङका लागि तेस्राे सफलता एसहान खानले नै दिलाए। उनले नेपालका सुन्दिप जोराको विकेट लिए। जोरा ३ रन बनाएर पेभिलियन फर्किएका हुन्।
नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ४२ रन बनाएर पेभिलियन फर्किएका हुन्। नेपालका कप्तान रोहित पौडेल र गुल्शन झा नटआउट रहे।
उता हङकङका लागि एसहान खानले तीन विकेट लिए भने यासिम मुर्तजाले समान एक विकेट लिए।
त्यअघि पहिला ब्याटिङ गरेको हङकङले १९ ३ ओभरमा सबै विकेट गुमाउँदै ९४ रन बनाएको थियो। हङकङका कप्तान निजागत खान पहिलो बलमै बोल्ड आउट भएका थिए।
त्यस्तै, हङकङका विस्फोटक ब्याटर बाबार हायात पाँच रनमै पेभिलियन फर्किएका थिए। हङकङका एहसान खान ७, जिशान अलि १७ रन बनाएर पेभिलियन फर्किए।
यता, नेपालको लागि करण केसीले सर्वाधिक ४ विकेट लिए। त्यस्तै, सोमपाल कामी र अविनाश बोहाेराले दुई विकेट लिए भने श्याम ढकाल र कुशल मल्लले एक-एक विकेट लिएका थिए।
पहिलो राउन्डमा नेपालले दुवै खेलमा विजयी भएको छ। अब कार्तिक ४ गते हङकङसँग मुलपानी रगंशालामा खेल्ने छ।
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया