शुक्रबार, ०१ अगस्ट २०२५

सैनिक अधिकृत डाँका मुद्दाका फरार अभियुक्त भन्दै सर्वोच्चको इजलासमा फैसला बुझाएपछि...

हिमाल खबर

हिमाल खबर

काठमाडाैं
News Image
• • •

एक जना सैनिक अधिकृत डाँका मुद्दाका फरार अभियुक्त रहेको दाबी गर्दै जिल्ला अदालतको फैसला सर्वोच्च अदालतको इजलासमा बुझाइएको छ।

सर्वोच्च अदालतमा सेनाको तर्फबाट प्रतिरक्षा गर्न असोज २६ गते इजलासमा पुगेका थिए, प्राड्विवाकका सेनानी (मेजर) राजकुमार रञ्जितकार। पूर्व महासेनानी (कर्नेल) महेन्द्रजंग शाहले आफूलाई कानून विपरीत अवकाश दिएको भन्दै हालेको रिटमा सेनाका तर्फबाट प्रतिरक्षा गर्न उनी सहित सेनाको प्राड्विवाक (कानून विभाग)का अधिकृतहरूको इजलासमा बाक्लो उपस्थिति थियो।

बहसकै क्रममा सेनानी रञ्जितकारले मुद्दा हाल्ने व्यक्तिले सैनिक अनुशासनमा सजाय पाएको तर्क झिकेर ‘नैतिकहीनको’ को संज्ञा दिए। बहसको अन्तिममा रिटकर्ता शाहले आफ्नो कुरा राख्न भन्दै प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र मनोजकुमार शर्माको इजलास समक्ष समय मागे। इजलासले पाँच मिनेटमा कुरा राखिसक्न शाहलाई अनुमति दियो।

अनुमति पाउनसाथै रिट निवेदक शाहले आफूलाई ‘अनैतिक’ भन्ने प्राड्विवाकका सेनानी रञ्जितकार नै डाँका मुद्दाका फरार अभियुक्त रहेको जिकिर गरे। उनले जिल्ला अदालत, काभ्रेले २०६३ सालमा रञ्जितकारलाई ‘फरार अभियुक्त’ करार गरेको फैसलाको प्रति पनि इजलासलाई बुझाए।
 

सोमबार, कार्तिक ०६, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)