बिएल संवाददाता
इथियोपियाको सोमाली राज्यमा मुसलधारे वर्षाका कारण अचानक आएको बाढीमा परी २० भन्दा बढीको मृत्यु भएको र १२ हजारभन्दा बढी मानिस आफ्नो घर छोड्न बाध्य भएको क्षेत्रीय सरकारले शनिबार बताएको छ।
वर्षाले पुल र सडकहरू क्षतिग्रस्त हुँदा प्रभावितहरूलाई घर पुग्न समस्या भएको तथा बाली, वस्तुभाउ र सम्पत्तिमा पनि क्षति पुगेको सोमाली क्षेत्रीय राज्य सञ्चार ब्युरोले एक विज्ञप्तिमा उल्लेख गरेको छ।
“बाढीमा अहिलेसम्म २० भन्दा धेरैको मृत्यु भइसकेको छ, १२ हजारभन्दा बढी विस्थापित भएका छन्”, विज्ञप्तिमा भनिएको छ, “बढ्दो वर्षा र पूर्वानुमानले बाढीको खतरा उच्च रहेको देखाउँछ।”
पूर्वी अफ्रिकामा अल निनोका कारण अक्टोबरदेखि डिसेम्बरसम्मको अवधिमा सामान्यभन्दा अधिक वर्षा हुने सम्भावना रहेको संयुक्त राष्ट्रसङ्घको मानवीय एजेन्सी ओसिएचएले गत महिना बताएको थियो। अल निनो विश्वभरमा बढ्दो गर्मीका साथै विश्वका केही भागमा खडेरी र अन्य स्थानमा भीषण वर्षासँग सम्बन्धित प्राकृतिकरूपमा हुने ढाँचा हो।
“सोमालियमा अक्टोबरदेखि डिसेम्बरसम्मको मनसुनको सुरुदेखि भीषण वर्षाका कारण आएको बाढीबाट १४ जनाको मृत्यु हुनुका साथै र कम्तीमा चार लाख पाँच हजार छ सय ५२ मानिस प्रभावित भएका थिए” ओसिएचएले शनिबार जारी गरेको एक प्रतिवेदनमा भनिएको छ, “बाढीको जोखिमबाट बच्नका लागि ४७ हजार एक सय मानिस उच्च स्थानमा सरेका छन्।”
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया