बिएल संवाददाता
फिफा विश्वकप, २०२६ छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (युएई)सित पराजित भएको छ। गएराति युएईको दुबईमा भएको खेलमा युएईले नेपाललाई ४–० गोलअन्तरले पराजित गरेको हो।
युएईका लागि कप्तान अलि मखबूटले दुई तथा खलिफा अल हम्मादी र फावियो लिमाले एक एक गोल गरेका थिए। युएईले चारै गोल पहिलो हाफमा गरेको हो। दोस्रो हाफमा भने नेपालले युएईलाई गोल गर्नबाट रोकेको थियो।
पहिलो हाफमा युएईले नेपाललाई पुरै दबाबमा राखेको थियो। खेलको १०औँ मिनेटमा युएईका लागि खलिफा अल हम्मादीले पहिलो गोल गरेका थिए। खेलको ३४औँ मिनेटमा युएईले पेनाल्टीमार्फत दोस्रो गोल गरेको थियो। उक्त गोल अली मखबूटले गरेका थिए। यस्तै खेलको ४४औँ मिनेटमा युएईका लागि मखबूटले नै अर्को गोल गरे।
यस्तै युएईका लागि पहिलो हाफको अतिरिक्त समयमा फाबियो लिमाले थपिएको समयको पहिलो मिनेटमा खेलको चौंथो गोल गरे।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया