अमृत स्मृति कपको उपाधि जनसेवा युवा क्लबलाई 

प्रथम अमृत स्मृति कप खुला पुरुष फुटबल प्रतियोगिताको उपाधि जनसेवा युवा क्लबले हात पारेको छ। सोमबार जुम्लाको चन्दननाथ नगरपालिका–१० मा आयोजना भएको खेलमा जनसेवाले उपाधी हात पारेको हो। 

फाइनल खेल आयोजक टिम लेकाली युवा क्लब र जनसेवा युवा क्लबबीच भएको थियो। फाइनल खेलमा निर्धारित ७० मिनेटमा दुबै टिमले गोल रहित बराबरी खेलेपछि पेनाल्टी परेको थियो।

पेनाल्टी सुट आउटमा जनसेवा युवा क्लबले तीनका विरुद्ध पाँच गोल गर्याे। 

प्रतियोगिताको प्रथम टिमले ८० हजार नगदसहिद ट्रफी र मेडल जितेको छ भने द्वितीय हुने टिमले ३५ हजार नगदसहित ट्रफी र मेडल जितेको आयोजक लेकाली युवा क्लबका अध्यक्ष सन्तोष खत्रीले बताए।

पुरस्कार वितरण गर्दै चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले खेल क्षेत्रको नियमितताले युवाहरुमा गतिशीलता जगाउने बताए।

प्रकाशित मिति: : 2023-11-20 19:52:00

प्रतिकृया दिनुहोस्