
बिएल संवाददाता
अमेरिकाले नेपाललाई ट्राभल एड्भाइजरीको लेभल २ मा पुर्याएको छ। अमेरिकी नागरिकलाई नेपाल यात्रा गर्दा अपनाउनुपर्ने जोखिमका सूचकहरूको आवधिक समीक्षा गरी नेपाललाई लेभल २ मा पुर्याइएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।
अमेरिकाले नेपालमा पृथक राजनीतिक हिंसाको सम्भावना बढेको भन्दै सुरक्षा चासो बढाएको छ। यु श्रेणीको ट्राभल एड्भाइजरी जारी गर्दै शान्तिपूर्ण राजनीतिक प्रदर्शन कहिलेकाहीं हिंसामा परिणत हुँदा सुरक्षा अधिकारीहरूले बल प्रयोग गर्न सक्नेतर्फ चनाखो हुन पनि सुझाइएको छ।
यसैगरी पदयात्रामा एक्लै नजान र नेपालका राष्ट्रिय निकुञ्ज र संरक्षित क्षेत्रमा पदयात्रा गर्दा स्थानीय गाइड वा भरिया प्रयोग गर्न पनि सुझाइएको छ।
अमेरिकाले २०२३ को जुन २३ पछि पहिलोपटक नेपालका लागि ट्राभल एडभाइजरी अद्यावधिक गरेको हो । यसअघि ई श्रेणीको ट्राभल एडभाइजरी प्रयोग भैरहेकोमा यसपटक सावधानीको लेभल बढाएर यु श्रेणी बनाइएको छ।
अमेरिकाले विभिन्न देशको अवस्थालाई हेरेर चार तहको ट्राभल एड्भाइजरी जारी गर्दैआएको छ। ट्राभल एड्भाइजरी अमेरिकी नागरिकले त्यो देश भ्रमण गर्दा अपनाउनुपर्ने सुरक्षा मापदण्ड हो।
अमेरिकाले जारी गरेको यो पछिल्लो ट्राभल एड्भाइजरीसँगै नेपालमा भने एक किसिमको भय र शंकाको वातावरण बढेको छ । यसै पनि केही समययता धार्मिक सद्भाव बिथोल्ने काम दुबै कोणबाट भइरहेकै हो। केही दिन पहिले दुर्गा प्रसाईले अगाडि बढाएको आन्दोलनमा विभिन्न किसिमका हिन्दूवादी संगठनहरू 'राजा आउ देश बचाउ' भन्दै हिन्दू अधिराज्यको माग लिएर सडकमा निस्केका थिए ।
यो एक नियमित प्रक्रिया हो। हामीले केही दिनयता भएका सबैखाले घटनाहरूलाई नियालिरहेका छौं। ती घटनाको पृष्ठभूमीमा पृथक राजनीतिक हिंसा नहोला भन्न सकिन्न।
- एक अमेरिकी अधिकारी
त्यसको प्रतिरोध गर्न क्रिश्चियनहरूका गतिविधि पनि बढिरहेकै छन। केही दिन अघि मात्र सरकारका संस्कृतिमन्त्री सुदन किरातीले सार्वजनिक गरेको विवादास्पद भनाइले पनि नेपालमा धार्मिक सद्भाव बिथोल्न इन्धनको काम गरिरहेको छ।
यही पृष्ठभूमीमा अमेरिकाले 'पृथक राजनीतिक हिंसा'को सम्भावना देखेको हुन सक्छ। तर, वासिङ्टन डीसीस्थित अमेरिकी विदेश विभागका अधिकारीले त्यसबारेमा थप बताउन चाहेनन् । उनले व्रेक एन लिंक्ससँग कुराकानी गर्दै भने, 'यो एक नियमित प्रक्रिया हो। हामीले केही दिनयता भएका सबैखाले घटनाहरूलाई नियालिरहेका छौं। ती घटनाको पृष्ठभूमीमा पृथक राजनीतिक हिंसा नहोला भन्न सकिन्न।'
(अमेरिकी पूर्वी समय १२:३८ डिसेम्बर २२, २०२३ मा अद्यावधिक गरिएको )
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया