आइतबार, ०३ अगस्ट २०२५

जन्मदिनमा विपन्न बालबालिकाई सहयोग

Breaknlinks
• • •

एमाले निकट राष्ट्रिय युवा संघ नेपालकी केन्द्रीय सदस्य शारदा पछाईंले विपन्न बालबालिकासँग आफ्नो जन्मदिन मनाएकी छन्। 

उनले चन्दननाथ–१० बोहरा गाउँका विपन्न बालबालिकाहरुलाई स्टोसनरी सामान र न्यानो टोपी वितरण गरेर जन्मदिन मनाएकी हुन्।

चन्दननाथ–१० कि वडा सदस्य सरिता सार्कीको उपस्थितिमा पाँच जना बालबालिकालाई एक दर्जन कपि, कमल र न्यानो टोपी वितरण गरिएको थियो।

वडा सदस्यले सिफारिस गरेका विपन्न बालबालिकालाई स्टेसनरी सामान उपलब्ध गराइएको पछाईंले बताइन्।

सामाजिक सेवामा क्रियाशील पछाईंले आफ्नो जन्मदिनको अवसरमा हरेक वर्ष विभिन्न ठाउँका बालबालिकालाई सहयोग गर्दै आएकी छन्। 

आइतबार, पौष २२, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)