
बिएल संवाददाता
घानामा बाल मृत्यु दरमा निरन्तर गिरावट आएको छ। घाना तथ्याङ्क सेवाले बिहीबार सन् २०२२ मा घाना जनसाङ्ख्यिकीय र स्वास्थ्य सर्वेक्षण सार्वजनिक गरेको छ।
सो तथ्याङ्क प्रतिवेदनमा देशभरका नवीनतम सर्वेक्षणहरू समावेश गरिएका छन्। प्रतिवेदनले सन् २०१४ देखि २०२२ सम्ममा देशको ५ वर्षमुनिको बाल मृत्युदर ३३.३ प्रतिशतले घटेको उल्लेख गरेको छ।
त्यसैगरी पहिलो जन्मोत्सव अघि नै मृत्यु हुने बालबालिकाको मृत्युदर सोही अवधिमा ३१.७ प्रतिशतले घटेको बताएको छ।
जीएसएसका सरकारी तथ्याङ्कविद् स्यामुएल एनिमले प्रतिवेदनले सरकारको स्वास्थ्य क्षेत्रका कार्यक्रमहरूले थुप्रै पक्षमा सकारात्मक नतिजा ल्याउने सङ्केत गरेको बताएका छन्। राष्ट्रिय तथ्याङ्कहरू सामान्यतया उत्साहजनक रहेको उनको टिप्पणी छ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) मा घाना, लाइबेरिया, गाम्बिया र सियरा लियोनका लागि बहु-देशीय असाइनमेन्ट अधिकृत शर्मिला लारीफले पछिल्लो प्रतिवेदन तयार पारेकामा जीएसएसको प्रशंसा गर्दै यसले अन्तरराष्ट्रिय डाटाबेसमा योगदान पुर्याबउने र डब्ल्युएचओले सबैको उपयोग गर्ने बताएकी छन्।
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया