शुक्रबार, ०१ अगस्ट २०२५

यु-१९ विश्वकप: नेपाल न्युजिल्याण्डसँग पराजित

News Image
• • •

यु-१९ विश्वकप अन्तर्गतकाे पहिलाे खेलमा नेपाल न्युजिल्याण्डसँग पराजित भएकाे छ। आइतबार भएकाे खेलमा नेपाल न्युजिल्याण्डसँग ६४ रनले पराजित भएकाे हाे।

दक्षिण अफ्रिकाको इस्ट लण्डनस्थित बफेलो पार्क क्रिकेट मैदान न्युजिल्याण्डले दिएकाे ३०३ रनकाे लक्ष्य पछ्याएकाे नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३८ रन मात्र बनायाे।

नेपालका अर्जन कुमालले ९० रनकाे अर्धशतकीय इनिङ खेले पनि त्याे जितका लागि प्राप्त हुन सकेन। १०४ बलकाे सामना गरेका कुमालले १२ चाैका प्रहार गरेका थिए।

त्यस्तै कप्तान देव खनाल ३६, आकाश त्रिपाठी तथा गुल्सन झा समान २, दीपक बाेहरा १५, आकाश चन्द १४ रन बनाएर आउट भए। भने, ओपनर दीपक बाेहरा, उत्तम मगर र दीपेश कँडेलले खाता नै खाेल्न सकेनन्।

त्यस्तै सुवास भण्डारी ३३ र तिलक भण्डारी २९ रन बनाए नटआउट रहे।

त्यसअघि पहिले ब्याटिङ गरेकाे न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०२ रन बनाएकाे थियाे।

आइतबार, माघ ०७, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)