बिएल संवाददाता
नेपाल अफगानस्तानलाई हराउँदै यु-१९ विश्वकप क्रिकेटकाे सुपर सिक्समा पुगेकाे छ। समूह चरणकाे अन्तिम खेलमा शुक्रबार अफगानस्तानलाई १ विकेटले हराउँदै नेपाल सुपर सिक्समा पुगेकाे हाे।
बफेलो पार्क इस्ट लन्डनमा अफगानस्तानले दिएकाे १४६ रनकाे लक्ष्य नेपालले ४४.४ ओभरमा ९ विकेटकाे क्षतिमा पूरा गर्याे।
नेपालले अफगानस्तानसँग कठिनपूर्ण जित निकाल्याे। अन्तिम ६ रनका लागि ४ ओभर खर्चिनुका साथै २ विकेट गुमाएकाे थियाे।
नेपालका लागि कप्तान देव खनालले अर्धशतक प्रहार गरे। ८९ बलकाे सामना गरेका उनले ७ चाैकाकाे मद्दतमा ५८ रन प्रहार गरे।
त्यस्तै दीपक बाेहरालाे २७, अर्जुन कुमालले १० तथा आकाश त्रिपाठीले १६ रन बनाए। अन्य ब्याटरले दाेहाेराे अंक जाेड्न सकेनन्।
अफगानस्तनका फरिदून दाउदजाई ३ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे अफगानस्तानले ४०.१ ओभरमा सबै विकेट गुमाउँदै १४५ रन बनाएकाे थियाे।
अफगानस्तानलाई सस्तैमा समेट्न नेपालका आकाश चन्दले ५ विकेट लिए।
नेपालले अब समूह ‘ए’मा रहेका भारत तथा अन्य दुई देशका टोलीसित खेल्ने छ।
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया