बिएल संवाददाता
नेपाल अफगानस्तानलाई हराउँदै यु-१९ विश्वकप क्रिकेटकाे सुपर सिक्समा पुगेकाे छ। समूह चरणकाे अन्तिम खेलमा शुक्रबार अफगानस्तानलाई १ विकेटले हराउँदै नेपाल सुपर सिक्समा पुगेकाे हाे।
बफेलो पार्क इस्ट लन्डनमा अफगानस्तानले दिएकाे १४६ रनकाे लक्ष्य नेपालले ४४.४ ओभरमा ९ विकेटकाे क्षतिमा पूरा गर्याे।
नेपालले अफगानस्तानसँग कठिनपूर्ण जित निकाल्याे। अन्तिम ६ रनका लागि ४ ओभर खर्चिनुका साथै २ विकेट गुमाएकाे थियाे।
नेपालका लागि कप्तान देव खनालले अर्धशतक प्रहार गरे। ८९ बलकाे सामना गरेका उनले ७ चाैकाकाे मद्दतमा ५८ रन प्रहार गरे।
त्यस्तै दीपक बाेहरालाे २७, अर्जुन कुमालले १० तथा आकाश त्रिपाठीले १६ रन बनाए। अन्य ब्याटरले दाेहाेराे अंक जाेड्न सकेनन्।
अफगानस्तनका फरिदून दाउदजाई ३ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे अफगानस्तानले ४०.१ ओभरमा सबै विकेट गुमाउँदै १४५ रन बनाएकाे थियाे।
अफगानस्तानलाई सस्तैमा समेट्न नेपालका आकाश चन्दले ५ विकेट लिए।
नेपालले अब समूह ‘ए’मा रहेका भारत तथा अन्य दुई देशका टोलीसित खेल्ने छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया