सन् २०२३ मा १८,२४५ नेपालीलाई अमेरिकाको भिजिट भिसा 

प्रदीप भट्टराई

वासिङ्टन डीसी

सन् २०२३ मा १८ हजार दुईसय ४५ नेपालीले अमेरिकाको भिजिट भिसा पाएका छन्। यो तथ्याङ्क अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले प्रकाशित गरेको पछिल्लो प्रतिवेदनको हो। प्रतिवेदनका अनुसार यो संख्या भिजिट भिसा आवेदन गर्ने कुल संख्याको ६८.७ प्रतिशत हो।

प्रतिवेदनअनुसार २६ हजार पाँचसय नेपालीले भिजिट भिसाका लागि आवेदन गरेका छन् र आवेदन दिनेमध्ये दुई-तिहाईभन्दा बढीको भिसा स्विकृत भएको छ।

अझ, सन् २०२२ मा ८०.१५ प्रतिशत नेपाली भिजिट भिसा आवेदकको भिसा स्विकृत भएको थियो  त्यो वर्ष भिजिट भिसाका लागि आवेदन दिने २२ हजार सातसय २९मध्ये १८ हजार दुईसय १४ नेपालीको भिसा स्वीकृत भएको थियो ।

त्योभन्दा अघिल्लो वर्ष भिसा स्विकृत प्रतिशत अझ बढी थियो। ८१.२८ प्रतिशतले भिजिट भिसा पाएको त्यो वर्ष कोभिड कहरका कारण आठ हजार सात सय ७३ नेपालीले मात्र आवेदन दिएकोमा सातहजार एकसय २८ नेपालीले भिजिट भिसा पाएका थिए।


पछिल्लो तीन वर्षको तथ्यांकलाई आधार मान्दा ४३ हजार पाँचसय ८७ नेपालीले अमेरिकाको भिजिट भिसा पाएका छन्। यो संख्या औसतमा कुल आवेदकको ७६.७१ प्रतिशत हुन्छ।

नेपालमा भाष्य बनाइजस्तो न वर्षमा लाखौं नेपालीले अमेरिकाको भिजिटरभिसाका लागि आवेदन गर्छन् न आवेदन दिनेमध्ये धेरैको भिसा नै अस्विकृत हुन्छ । सन् २०२३ मा २६ हजार पाँचसयले मात्र आवेदन दिए, तीमध्ये १८ हजार दुईसय ४५ ले भिसा पाए। यसको अर्थ आवेदन दिने एक सयमध्ये ६९ ले भिसा पाए। 

यो तथ्याङक्लाई विश्लेषण गर्दा हरेक वर्ष लाखौं नेपालीले अमेरिकाको भिजिट भिसाको आवेदन गर्छन् र आवेदन दिनेमध्ये धेरैजसोको भिसा अस्विकृत हुन्छ भन्ने दुबै खाले बजार-चर्चालाई गलत सावित गरिदिएको छ।

बिगत तीन वर्षमा अमेरिकाको भिजिट भिसा आवेदन गर्नेको संख्या ५८ हजार दुई मात्र रहेको छ भने पाउँनेको औसत संख्या एकसयमा ७६ रहेको छ। यसले के देखाउँछ भने बजारमा चर्चा चलेजस्तो न वर्षमा लाखौं नेपालीले अमेरिकाको भिजिट भिसाका लागि आवेदन गर्छन् न आवेदन दिनेमध्ये धेरैको भिसा नै अस्विकृत हुन्छ।

प्रकाशित मिति: : 2024-01-31 06:45:00

प्रतिकृया दिनुहोस्